लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
भाद्र १०, २०७७ बुधबार
१. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?
वि.सं. २०७७ भदौ २ ।
– वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।
– वि.सं. १९९४ देखि नेपाली साहित्यिक फाँटमा सक्रिय राष्ट्रकवि घिमिरेका गौरी, मालतीमुङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी,...