लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
मंसिर १, २०७८ बुधबार
१. नेपालले अवलम्बन गरेको कर नीतिका विशेषताहरू के के हुन् ? लेख्नुहोस् ।
कर नीतिले करको दर, दायरा, कर प्रशासन, कर सङ्कलन गर्ने प्रक्रिया, कर चुहावट नियन्त्रण, करको सदुपयोग आदिजस्ता विषयलाई समेट्दछ । नेपालले अवलम्बन गरेको कर नीतिका विशेषताहरू पनि यही विषयसँग सम्बन्धित छन् । नेपालमा कर नीतिको छुट्टै दस्तावेज छैन । आवधिक योजना र वार्षिक बजेटले नेपालको कर नीतिलाई निर्देशित गरेको पाइन्छ । नेपालको कर नीतिका विशेषतालाई निम्नानुसार...