logo
२०८० चैत्र १६ शुक्रवार



चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने कक्षागत रूपमा अलग–अलग पाठ्यक्रम समायोजन

मुख्य समाचार |


चैतभित्रै शैक्षिक सत्र पूूरा हुने


शेषकान्त पण्डित

काठमाडौँ, भदौ ३१ गते । सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताउनुुभयो । उहाँले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिनुभयो । कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ ।
मन्त्री पोखरेलले पाठ्यवस्तु समायोजन ढाँचा–२०७७ स्वीकृत गरिएको जानकारी दिनुभयो । सात महिनाको अवधिमा विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुनिश्चित गरी पाठ्यवस्तु समायोजन ढाँचा स्वीकृत गरिएको हो । स्वीकृत ढाँचा अब छिट्टै विद्यालय तथा शिक्षक समक्ष पु¥याइने जनाइएको छ । शैक्षिक सत्रको समय घटेको अवस्थामा छोटो समयमा कसरी विद्यार्थीको न्यूूनतम सिकाइ सुनिश्चित गर्ने भन्ने मुख्य उद्देश्यले नै पाठ्यवस्तु समायोजन ढाँचा तयार पारिएको हो ।
कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा बालबालिकाको सिकाइ निरन्तर जारी राख्ने र शैक्षिक सत्र क्षति हुन नदिने प्रतिबद्धता मन्त्री पोखरेलले जनाउनुभयो । वैकल्पिक विधिबाट गरिने पठनपाठन सङ्कटको बेलामा मूलधारको सिकाइ मानिएको मन्त्री पोखरेलले स्पष्ट गर्नुभयो । वैकल्पिक शिक्षामा विद्यार्थीको मूल्याङ्कन गर्दा शिक्षकको जिम्मेवारी महìवपूर्ण हुने उहाँले आँैल्याउनुभयो । विद्यार्थीको कक्षा स्तरोन्नति गर्न लिखित, मौखिक, परियोजना कार्य लगायतबाट गर्न सकिने आधार तयार पारिएको छ । अब शिक्षकले समायोजित पाठ्यवस्तुको ढाँचाका आधारमा विद्यार्थीको पठनपाठन अगाडि बढाउने जानकारी दिइएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले पाठ्यक्रमको कार्यान्वयन विद्यालयमा शिक्षकले स्थानीय परिवेशका आधारमा गर्ने जानकारी दिनुभयो । विद्यालय तहमा स्थानीय विज्ञ, प्रधानाध्यापक र विषय शिक्षक रहेको समितिले यसलाई कार्यान्वयनमा ल्याउने उहाँको भनाइ छ ।
कक्षागत रूपमा अलग–अलग पाठ्यक्रम समायोजन गरिएको छ । पाठ्यक्रमलाई कुनै निश्चित प्रतिशतका आधारमा सङ्कुचनभन्दा पनि कति पढाउने र विद्यार्थीलाई कक्षा चढाउने भन्ने निर्णय स्थानीय स्तरमै हुने उहाँले बताउनुभयो ।
यसैबीच सरकारले कक्षा–११ मा नयाँ पाठ्यक्रम नै लागू हुने भन्दै सोही अनुसारको तयारीमा जुट्न मातहतका कार्यालयलाई निर्देशन गरेको छ । मन्त्री पोखरेलले यस वर्षबाट कक्षा–११ मा नयाँ पाठ्यक्रम लागू गरिने स्पष्ट गर्दै यसमा कोही भ्रममा नपर्न आग्रह गर्नुभयो ।

शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण
विद्यार्थीको सिकाइ प्रभावकारी र उपलब्धिमूूलक बनाउन शिक्षक र अभिभावकको भूूमिका महत्त्वपूर्ण हुन्छ । विद्यार्थी कक्षा कोठामा आउन नसकेको अहिलेको अवस्थामा घरपरिवार र शिक्षकको सहयोग बिना विद्यार्थीको न्यूूनतम सिकाइ स्तर हासिल गर्न चुनौती हुने सम्बन्धित सरोकारवालाले बताउनुभएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले मङ्गलबार आयोजना गरेको भर्चुअल छलफलमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले शिक्षक परिचालन र अभिभावक क्रियाशील हुँदा मात्र विद्यार्थीको सिकाइ सुनिश्चित हुने बताउनुभयो ।
सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले शिक्षक, अभिभावक व्यवस्थापन समितिको भूमिकालाई समेत स्पष्ट गरेकाले सबैको क्रियाशील भूमिकाको अपेक्षा गरिएको उहाँले स्पष्ट पार्नुुभयो ।
यसैगरी उहाँले वैकल्पिक विधिमा विद्यार्थीलाई रेडियो, टेलिभिजन, अनलाइन वा अन्य माध्यममा जुन अनुकूल हुन्छ सोही माध्यममा सहभागी गराएर अगाडि बढाउनुपर्छ र सबैखाले विद्यार्थीको सिकाइ सुनिश्चित गरिनुुपर्छ भन्नुभयो ।
कार्यक्रममा शिक्षा विश्लेषक टीका भट्टराईले अभिभावक र शिक्षकको जिम्मेवारी थपिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?