व्यक्तिको जग्गा वायु गुठीमा
सूर्यप्रसाद पाण्डे
चैत्र २६, २०७८ शनिबार
वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् ।धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १० र ११, नेत्रावती डमजोङ गाउँपालिकाको वडा नम्बर ५ तथा गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा यस्तो समस्या देखिएको छ । दुवै जिल्लामा २०३२ सालमा जग्गाको नापी भएको थियो ।