‘सूचना प्रविधि विधेयकका बारेमा हल्ला बढी’
गोरखापत्र अनलाइन ,
पुष १७, २०७६ बिहीबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटमा उहाँले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भनेर विधेयकका बारेमा भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । “तथ्य छोप्ने, भ्रम सिर्जना गर्ने काम गरेको देखियो, हरेक नागरिक दर्ता हुनुपर्ने होइन, सामाजिक...