logo
२०८१ बैशाख १५ शनिवार



संसद बैठकमा सभामुखको निर्णयकाे आलोचना गर्न नपाइने नियमावलीमा व्यवस्था

मुख्य समाचार |


संसद बैठकमा सभामुखको निर्णयकाे आलोचना गर्न नपाइने नियमावलीमा व्यवस्था
तस्बिर : रासस



काठमाडौं, भदौ २३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आजको संसद बैठकमा रोष्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को उपनियम (ख) र (ग) अध्ययन गर्न एमाले सांसदहरुलाई चेतावनी दिनुभएको छ ।

बैठक अवरुद्ध गर्ने उद्देश्यसाथ एमाले सांसदहरुले नाराबाजी चर्काउनुभएपछि उहाँले पटक पटक सांसदहरुलाई आग्रह गर्दै सो नियम पढ्न निर्देशन गर्नुभयो । तर एमाले सांसदहरुले सो निर्देशनको वेवास्ता गर्दै नाराबाजी जारी राख्नुभयो । सभामुख सापकोटाले निर्देश गर्नुभएको सो नियमको उपनियममा भएको व्यवस्था यस्तो छ–
२१. छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम ः
बैठकमा हुने छलफलमा भाग लिने सदस्यले देहायका नियमको पालन गर्नु पर्नेछ :
(क) सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने,
(ख) सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने,
(ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप