वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७८ बुधबार
मधेसी एकता समाजले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली संयुक्त अरब इमिरेट्समा मृत्यु भएका धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरस्थित मृतक योगेन्द्र भेडिहरको परिवारलाई समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले बुधबार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।