बीस हजार भूमिहीनलाई लालपुर्जा वितरण
गोरखापत्र अनलाइन
चैत्र १४, २०७८ सोमबार
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिहीनले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) पाएको बताउनुभएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आइतबार लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसबारे जानकारी गराउनुभएको हो । आफूले मन्त्रालय सम्हालेपछि गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई...