महिलालाई घरेलु सीप सिकाउने अभियानमा दमक नगरपालिका
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
‘दमक नगरका महिला, उद्यममा पहिला’ कार्यक्रम अन्तर्गत झापाको दमक नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन घरेलु सीप सिकाउने अभियानलाई तिब्रता दिएको छ । नगरपालिकाले यो महिना दूईवटा तालिमबाट ५० जना महिलालाई घरेलु सीपसहित उत्पादनमा जोडेको हो । बिशेषगरेर किरियापुत्रीहरुले धार्मिक परम्पराअनुसार किरिया बस्दा लगाउने परालको चप्पल र चामललगायतका खाद्यन्नको प्रयोग गरेर फ्याकिएका बोराबाट झोला बनाउने तालिम नगरपालिकाले दिएको...