प्रचार प्रसारको अभावमा ओझेलमा झाक्री झेल राजापँधेरो झरना
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
तुलसीपुर उपमहानगरपालिका १९ सुन्दर खोलामा रहेको झाक्रीझेल राजापँधेरा झरना प्रसार प्रचारको अभावमा ओझेलमा परेको छ । करिब ३० मिटर उचाई माथिबाट बग्ने झरनामा तीन वटा खोलाको पानी बग्दै आएको छ । बिजौरी हुँदै रोल्पाको होलेरी दहवन सडकको सुन्दरखोलादेखि एक किलोमिटर उत्तर पूर्वमा रहेको उक्त झरनाको प्रसार प्रचारसमेत हुन सकेको छैन ।