रघुराम पराजुली
सामान्यतया हरियालीयुक्त खुला क्षेत्र जहाँ मानिसहरू विभिन्न तवरबाट आनन्द लिन सक्छन्, त्यस्ता क्षेत्रहरूलाई पार्क या उद्यान भनेर लिने गरेको पाइन्छ । शैक्षिक, अनुसन्धानमूलक र मनोरञ्जनयोग्य पार्क या उद्यान मात्र वनस्पति उद्यान मात्र वनस्पति उद्यान बन्न सक्छन् । धेरै मानिसले पार्क र उद्यानहरूको बुझाइ मात्र एकै खालको नभई वनस्पति उद्यानहरूलाई समेत उही वर्गमा राखेर धारणा बनाउने गरेको देखिन्छ । यसको कारण अन्तर्राष्ट्रिय महìव भएका वनस्पति उद्यानहरूलाई अन्य पार्क या उद्यानसरह अन्य प्रयोजनमा उपयोग गर्ने चेष्टाहरू पनि हुन सक्छन् । यस्तो नहोस् भन्नाका निम्ति पार्क, उद्यान तथा वनस्पति उद्यानका उद्देश्य, प्रयोजन र महìवबारे सबै तह र पक्षमा जानकारी हुनु जरुरी देखिन्छ ।
पार्क भनेका यस्ता क्षेत्रहरू हुन् जहाँ मानिसहरू घुम्ने, रम्ने, वन भोज गर्नेजस्ता कार्यहरू गर्ने प्रयोजनमा उपयोग गर्ने गर्छन् । यस्ता क्षेत्रहरू सार्वजनिक पनि हुन सक्छन् या निजी पनि हुन सक्छन् । यिनीहरूको उद्देश्य विशिष्टिकृत नभई सामान्य नै देखिन्छ । पार्कको उद्देश्यअनुरूप विभिन्न संरचनाहरू निर्माण भएका हुन्छन् । यहाँ खुला चउर, फाउन्टेन, खेल मैदान, फुट पाथ, पिकनिक सेड, गोलघर, बस्ने संरचना, पानीको धारा, शौचालयजस्ता सामान्य पूर्वाधार आदि निर्माण भएका हुन्छन् । पर्यटकीय हिसाबले यी पार्कहरू महìवपूर्ण हुन्छन् । आवश्यकतानुसार पार्कहरू निर्माण हुन सक्छन् । यसका लागि स्रोत र सामान्य व्यवस्थापन भए पनि चल्न सक्छन् । पार्क प्राकृतिक तथा मानवनिर्मित हुन सक्छन् । वन्यजन्तु तथा तिनीहरूको बासस्थान संरक्षण गर्ने उद्देश्यबाट पनि पार्कहरू बनेका हुन्छन् । सहरी पार्क, राष्ट्रिय निकुञ्ज, सार्वजनिक पार्क, सालक पार्क, रत्न पार्क, फन पार्क, चिल्ड्रेन पार्कजस्ता हामीले सुनेका देखेका केही पार्कहरू हुन् । राष्टिय निकुञ्जजस्ता खास उद्देश्य बोकेका पार्कहरू बाहेक अन्य पार्कहरूको उद्देश्य सामान्य खालको देखिन्छ ।
उद्यान शब्दले सामान्यतया बोट बिरुवाहरूको सजावट र आकर्षण भन्ने जनाउँछ । यद्यपि प्राणी उद्यानका विषयहरू पनि चर्चामा आइरहेका छन् । उद्यानहरूमा फूलहरू फुलिरहेका हुन्छन् । त्यहाँ मौसमी तथा सदावार फूलहरू सजाइएका हुन्छन्, थरिथरिका फूलका बगानहरू हुन्छन्, ठाउँठाउँमा आकर्षक हेजहरू लगाइएको हुन्छ, विभिन्न खालका खेलहरू खेल्न संरचनाहरू पनि बनाइएको हुन सक्छ । यी उद्यानहरू सार्वजनिक या निजी हुन सक्छन् । तर पिकनिकजस्ता कार्यहरू सामान्यतया निरुत्साहित गरिएका हुन्छन् । उद्यान निश्चित ढाँचामा तयार गरिएको हुन्छ । यसको शोभनीयदेखि उत्पादनमूलक उद्देश्यहरू रहन सक्छन् । उद्यानहरूमा रोजगारी पनि सिर्जना भइरहेको हुन्छ किनकि त्यहाँ विभिन्न फूल बिरुवाहरूको स्याहार सम्भार गरिरहनुपर्छ । बिरुवाहरूको रोपण, मल जल, काटछाँट गरिरहनुपर्छ र त्यसका लागि जनशक्तिको आवश्यकता पर्छ । उद्यानहरूमा पनि पार्कमा जस्तै सेड, शौचालय, खुला चउर, हेज तथा विभिन्न वाटिका तथा अन्य खेल्ने संरचनाहरू निर्माण गरिएका हुन्छन् । उद्यानहरूको उद्देश्यअनुरूप भौतिक संरचनाहरू निर्माण भएका हुन सक्छन् ।
वनस्पति उद्यान भनेका वैज्ञानिक अध्ययन, अनुसन्धान, शोभनीय आकर्षण, मनोरञ्जन, पर्यापर्यटन र शैक्षिक दृष्टिकोणले महìवपूर्ण विशेष क्षेत्र हुन् । जहाँ वनस्पतिहरूको स्वस्थानीय र परस्थानीय संरक्षणका कार्यहरू भइरहेका हुन्छन् । यसका साथै जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको अध्ययन, अनुसन्धान कार्य पनि भइरहेको हुन्छ । दुर्लभ एवं सङ्कटापन्न वनस्पतिहरूको संरक्षणका लागि विभिन्न स्थानबाट वनस्पतिका बीउ तथा बेर्नाहरू सङ्कलन गरी संरक्षण गरिएको हुन्छ । साईटिस एवं दुर्लभ सूचीमा परेका वनस्पतिहरूको महìवका साथ संरक्षण गरिएको हुन्छ । यसका साथै शोभनीय मौसमी तथा सदावार बिरुवाहरूको उचित व्यवस्थापन गरिएको हुन्छ । ठाउँठाउँमा विभिन्न अनुसन्धान प्लटहरू निर्माण भएका हुन्छन् । स्थायी नर्सरीहरू निर्माण गरिएको हुन्छ, सेड तथा पोली हाउसहरू, गोल घरहरू आदिको उचित व्यवस्थापन गरिएको हुन्छ । यसका साथै विभिन्न कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरूका लागि सिक्ने थलोको रूपमा समेत विकास भएको हुन्छ । जसका लागि जडीबुटी सूचना केन्द्रमा विभिन्न जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको विविध जानकारी समेटिएका जडीबुटी नमुनाहरूको व्यवस्थित ढङ्गबाट व्यवस्थापन गरिएको हुन्छ । महìवपूर्ण वनस्पतिहरूको हर्वेरियम व्यवस्थापन हुन्छ । यसका अलावा सुगन्धित वनस्पतिहरूको तेल प्रतिशत निर्धारण गर्ने, वनस्पतिहरूको पहिचान गर्ने जडीबुटीहरूको खेती प्रविधि अनुसन्धान गर्ने र बीउ तथा बिरुवाहरू वितरण गर्नेलगायतका कार्यहरू हुन्छन् । यसैगरी वनस्पति उद्यानमा रहेका सबै बिरुवा तथा बिरुवाको नमुनाहरूको वैज्ञानिक नामबाट नामाकरण गरिएको हुन्छ । वैज्ञानिक नामका साथ साथै स्थानीय वा नेपाली नाम पनि समावेश गरिएका हुन्छन् । अनुसन्धानकर्ताहरूका लागि उपयुक्त स्थान बन्छन् वनस्पति उद्यानहरू । वनस्पति उद्यानहरूले अन्तर्राष्ट्रिय महìव बोकेको स्पष्ट हुन्छ ।
वनस्पति उद्यान त्यस्ता उद्यान हुन्, जसको उद्देश्य वानस्पतिक विविधताको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्नका लागि विरुवाहरूको सङ्कलन, रोपण, सुरक्षा, प्रदर्शनीमा वैज्ञानिक विधि अवलम्बन गर्ने हुन्छ । सबै वनस्पतिहरूको वानस्पतिक नामहरू लेखेर विरुवासँगै वा नजिकै टाँसिएको हुन्छ । यस्ता उद्यानहरूमा ग्रिन हाउसहरू, एग्रोनेट हाउसहरू, पोली हाउसहरू, हाइटेक नर्सरीहरू हर्वेरियम, सूचना केन्द्र, सेमिनार हल, पुस्तकालय, प्रशासनिक तथा प्राविधिक कक्षहरूको व्यवस्थापन भएको हुन्छ ।
वनस्पति उद्यानहरू युनिभर्सिटी तथा वैज्ञानिक अनुसन्धानमा संलग्न रहने संस्थाहरूले सञ्चालन गरेका हुन्छन् । यी उद्यानहरूमा विज्ञ जनशक्तिको जरुरत पर्छ । यी शैक्षिक तथा अनुसन्धानका क्षेत्रहरूसँग बढी नै सम्बन्धित रहन्छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वनस्पति विभागअन्तर्गत विभिन्न वनस्पति उद्यानहरू सञ्चालनमा रहेका छन् । माइपोखरी वनस्पति उद्यान, इलाम, धनुषाधाम वनस्पति उद्यान, धनुषा, राष्टिय वनस्पति उद्यान, गोदावरी, वृन्दावन वनस्पति उद्यान, देवरिया वनस्पति उद्यान, कैलाली आदि नेपालका वनस्पति उद्यानहरू हुन् ।
वनस्पति उद्यान, पार्क र उद्यानहरूलाई एकै नजरमा हेरिने परिपाटी रहिरहेमा वनस्पति उद्यानहरूको महìवलाई कम आँक्ने प्रवृत्ति मौलाउँदै जाने मात्र होइन यी उद्यान क्षेत्रहरूलाई हडप्ने, अतिक्रमण गर्ने गतिविधिहरू बढ्न सक्छन् । यसका लागि सर्वसाधारणहरूमा वनस्पति सचेतनाका कार्यक्रमहरू लैजानु आवश्यक छ । विद्यमान वनस्पति उद्यानहरूलाई स्रोत साधनमैत्री बनाउनुपर्ने आवश्यकता छ ।
वनस्पति उद्यानहरू सञ्चालन गर्नु भनेको कुनै पार्क या उद्यान सञ्चालन गर्नुजस्तो सहज विषय होइन, यसका लागि ठूलो स्रोत साधनको जरुरत पर्छ, सामान्यज्ञहरूको साथसाथै विशेषज्ञहरूको पनि जरुरत पर्छ । नेपालमा पार्क र अन्य उद्यानहरूको सङ्ख्या त सयौँ होला तर वनस्पति उद्यानको सङ्ख्या भने सीमित मात्र छ । वनस्पति उद्यानको प्रभावकारी व्यवस्थापनबाट जैविक विविधता महासन्धि १९९२ को पक्षराष्ट्र भएको नाताले जैविक विविधता संरक्षणमा खेल्नुपर्ने जिम्मेवारी बहन गर्न नेपाललाई पनि सहजता मिल्ने देखिन्छ ।
(लेखक वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरमा वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।)