logo
२०८१ मंसिर १५ शनिवार



फजिती होइन अब बिदा

इतिहासले तपाईंहरूलाई पनि ब्रह्मनालसम्म पनि पद ओगटेर बस्ने भनी चिन्दा कस्तो लाग्ला ?

विचार/दृष्टिकोण |


फजिती होइन अब बिदा


प्रदीप नेपाल

म माक्र्सवादी हँु तर नेपाल कम्युनिस्ट पार्टीका हाम्रा नेताहरू माक्र्सवादी, लेनिनवादी हुनुहुन्छ । माक्र्सवाद स्वतन्त्रताको दर्शन हो । नेकपाका ठूला नेताहरू माक्र्सवादभन्दा लेनिनवाद उन्नत रूप मान्छन् । तर माक्र्सवाद नागरिक स्वतन्त्रताको सिद्धान्त हो भने लेनिनवाद सर्वहारा अधिनायकत्वको सिद्धान्त हो । माक्र्स कहिल्यै अधिनायकवादी थिएनन् भन्ने सत्य उनले यसरी अभिव्यक्त गरेका छन्–
‘हामी ती कम्युनिस्टभन्दा भिन्न छौँ जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको व्यारेकमा परिणत गर्न चाहन्छन् । यहाँ त्यस्ता कम्युनिस्ट पनि छन् जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन् । उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ । तर हामी कुन कुरामा विश्वस्त छौँ भने वैयत्तिक स्वतन्त्रताको अभावमा सामाजिक सद्भाव बढाउन सकिँदैन । एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै दलले नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ साबित गर्न सकून् ।’
नेकपाका कति नेतालाई थाहा छ, कार्लमाक्र्सको यो स्वतन्त्रतासम्बन्धी विचारको ? शायद कसैलाई थाहा नहोला । हुन्थ्यो भने पार्टीभित्रको आन्तरिक जनवाद फराकिलो हुन्थ्यो । फरक विचार राख्नेहरूका पनि सम्मान हुन्थ्योे । बोल्दा नेताहरू रिसाउँछन् कि भनेर बोल्न कोही डराउनु पर्दैन थियो । स्वतन्त्र मान्छे गुट बनाउन जान्दैन । गुटगत व्यवहार नहुँदा पार्टी कति अगाडि जाँदो हो ! मेरो विचारमा, गुट चाहिँ दासत्व हो । ठूला र साना नभईकन गुट बन्दै बन्दैन । गुटले तपाईंको व्यक्तित्वको हत्या गर्छ र मालिकका गीत गाउन तपाईं बाध्य हुनुहुन्छ । नेपालमा कम्युनिस्ट समुदायमा गुटको वर्चस्व रहनु–नेकपा बारम्बार असफल हुनुको कारण पनि यही हो ।
माक्र्सवादी भएकै कारण म स्वतन्त्र छु । पहिलो कुरो ममाथि कोही छैन । कसैले मलाई जबर्जस्ती कागजमा सही गराउन पाउँदैन । नेपाल कम्युनिस्ट कार्यकर्ताको पङ्क्ति मजस्तै होस् भन्ने चाहना स्वाभाविक हुन्छ । तर त्यो मेरो पछुवा नहोस् । सही अर्थमा नेपाल कम्युनिस्ट पार्टीका नेताहरू माक्र्सवादी बन्ने हो भने एउटा ठूलो रूपान्तरणको आवश्यकता र त्यो समय अहिले आएको छ । मलाई त फेरिन अप्ठ्यारो परेको छ भने बन्दुक बोकेर आउनुभएका मेरासमेत नेता के सप्रिनु होला र ! जनतालार्ई अधिकार दिँदा कार्यकर्ता, जनता अराजक हुने इमानदार नेताहरूलाई पनि लागेको छ । टाठाबाठाको कुरै नगरे हुन्छ ।
तर बन्दुकले समाजवाद ल्याउन सक्दैन । बन्दुकमा स्वतन्त्रता र माक्र्सवाद देख्ने साथीहरूलाई मेरो एउटा अनुरोध के मात्र हो भने अब समाजवाद नेपाल–भारतमा होइन, नर्डिक मुलुकहरू (नर्वे, फिनल्याण्ड, स्वीडेन) र स्वीटजरल्याण्ड जस्ता मुलुकमा आउँछ । वुुद्धि पु¥याएर काम गरेमा २५औँ शताब्दीसम्ममा हामी दक्षिण एसियालीहरूले पनि समाजवादको स्वाद चाख्न पाउथ्यौँ कि ! मैले आजै प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने नेताहरूले दलाल पुँजीवादको मानु खाएर समाजवाद ल्याउँछु भन्ने कल्पना नगरे हुन्छ । त्यस्ता नेताहरूको सोच बदलिएला भन्ने मलाई लाग्दैन । उहाँहरूका पछिल्ला दुई पुस्ताको जीवन बर्बाद भइसकेको छ । अझै कति बिगार गर्ने ? नेताले जनतालाई कति रुवाउने ? अहिलेको झण्डैको विभाजनमा नेपाल कम्युुनिस्ट पार्टीका कार्यकर्ता, शुभचिन्तक तथा आम नेपालीको मन रोएको छ । निर्वाचन आयोगसमेतले एउटा मौका दिएको छ कि मिलेर आउ, कि दुई समूहले आआफ्नो नयाँ पार्टी लिएर आउ । नेपाल कम्युनिस्ट पार्टीको नाममा झगडा नगर । यो निर्णयलाई कार्यकर्ताले स्वागत गरेका छन् । कार्यकर्तालाई राम्रो लागेको कुरो तपाईंहरूलाई पनि राम्रो लागोस् न ।
म त दशौँ केन्द्रीय महाधिवेशनबाट बिदा लिन्छुु । किनभने, पहिलो कुरो त म माक्र्सवादी हुँ, माक्र्सवादी – लेनिनवादी होइन । अर्को कुरो मैले जति काम गर्न सक्नेहरू कम्तीमा पनि ५० जना छन् । तपाईंहरू पनि सोच्नुहोस् । ‘गोरु बुढो भए भीर खोज्छ, मान्छे बुढो भने निहुँ खोज्छ’ भन्ने एउटा आहानै छ नेपालमा । यो आहानलाई नेपाल कम्युनिस्ट पार्टीले पूरा ग¥यो भन्दा तपार्इंहरूलाई कस्तो लाग्छ ? रमाइलो लाग्छ ? लाग्दैन होला । त्यसो भए लिसो जसरी किन टाँसिनु कुर्चीमा ?
इतिहासले न्याय गर्छ ढिलै भए पनि । त्योे इतिहासले तपाईंहरूलाई पनि ब्रह्मनालसम्म पनि पद ओगटेर बस्ने भनी चिन्दा कस्तो लाग्ला ? पक्कै पनि नमिठो लाग्ला । आफ्नो इतिहासले आफैँलाई अपमानित गरेको वर्तमान तपाईंलाई कस्तो लाग्छ ? अवश्य पनि निको लाग्दैन होला ।
त्यसैले गम्भीर भएर सोच्नुहोस् नेताहरू । तपार्इंलाई जनताले कसरी सम्झियून् ? व्यक्तिगत नाफा–नोक्सानको हिसाब नगर्नु होस् । त्यसले तपाईंलाई केही दिनेवाला छैन । सम्झौता गर्नुहोस् । शत्रुसँग त सम्झौता गर्नु आवश्यक पर्छ भने तपाईंहरू त एउटै विचार बोकेको साथीहरू हो । मैले चिन्ने भनेको माधव नेपाललाई हो । म उहाँको भलो चाहन्छु । उहाँ पार्टीको इमानदार नेता हुनुहुन्छ । अहिलेसम्म बालुवाटार बाहेक कतै उहाँको नाम झुण्डिएको छैन ।
उहाँले ‘कामरेड’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मातहत काम गर्न मिल्दैन । कामरेड प्रचण्ड दलाल पुँजीवादको दबाब वा फेरोमा मात्र हुनुहुन्न । उहाँ स्वयम् त्यसको सूत्राधार हुनुहुन्छ । म त यो परिस्थितिको कल्पनासमेत गर्न सक्दिनँ । प्रचण्डप्रति मेरो केही गुनासो छैन । म उहाँलाई चिन्दिनँ पनि । ‘मजहाँ जान्छु, त्यसैलाई ध्वस्त पारिदिन्छु’ यो उहाँको सार्वजनिक घोषणा हो ।
उहाँले सगौरव आपूmले चौंथो महाधिवेशन, मशाल, मसाल, माओवादी पार्टीलाई सिध्याएको अनि माओवादी केन्द्रको संयोजक भएको बताउनु भएको मैले फेसबुकमा पढेको हुँ । यस्तो मानिससँग हतारहतार, सिद्धान्तसम्मको टुङ्गो नलागी एकता गर्नु परेको किन हो ? मैले नबुझेको कुरो चाहिँ यही हो ।
साथीहरू, दुईतिहाईको गफ गर्नु हुन्छ । दुईतिहाई सिटको कुनै अर्थ हुँदैन । दुईतिहाई मतको महìव चाहिन्छ । मतको हिसाबले नेपाली काँग्रेस सँगसँगैजस्तो छ । पहिलो पार्टीको सम्भावना रहेको वर्तमानमा, अब काँग्रेसले जितोस् भनेर हामीले झगडा गरेका होइनौँ । नेताहरूले के कस्तो हिसाब निकालेको होला ?
नढाँटी भन्दा– साह्रै मन पोलेको छ । साह्रै दुःख गरेर जन्माइएको र हुर्काइएको पार्टी हो यो नेकपा । नेताहरू दलाल पुँजीपतिको काखैमा बस्दा पनि हार खाइएको थिएन । तर अहिलेका नेताहरूको झगडा देख्ता नेपाल भन्ने देशमा समाजवाद सपनाकै कुरो रहेछ भन्ने लाग्न थालेको छ । यस्तो सही हुन्छ ?
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?