logo
२०८१ मंसिर १५ शनिवार



सङ्घीयताले बोलाउने समाजवाद

विचार/दृष्टिकोण |


सङ्घीयताले बोलाउने समाजवाद


प्रदीप नेपाल

विकास निर्माण कामको सबै अधिकार पालिका सरकारलाई दिने हो भने अहिलेभन्दा दसगुणा बढी काम हुन्छ भन्ने मेरो मान्यता हो । त्यो पूरा पनि हुँदै आएको छ । सबैभन्दा पछिल्लो निर्णय हो, गाउँ/नगरपालिकाका पदाधिकारीले आपूm चढ्ने वाहनलाई नै एम्बुलेन्समा परिणत गरिदिए । एक जनाले बोलेको पनि सुनियो, ‘कर तिर्ने जनता बिरामी छन् भने म कसरी गाडी चढेर हिँड्न सक्छु ?’ वाह ! कस्तो राम्रो अभिव्यक्ति ! सलाम छ ती जनप्रतिनिधिलाई ।
यो हो हामीले खोजेको जिम्मेवारीबोध । सङ्घीय सांसद र पालिका सदस्यबीचको भिन्नता । मान्छे मरिरहेका छन् । मन्त्रीजी सररर मोटरमा कुिदरहनुभएको हुन्छ । मन्त्री ठूलो मान्छे । आफूहरू कुनै एउटा मान्छेप्रति दायित्वशील हुनु नपर्ने । सरकारी मान्छेको कुरो छोडौँ । के कुनै केन्द्रीय सांसदले यस्तो भन्न सक्छ ? सक्दैन र अहिलेसम्म कसैले भन्न सकेको पनि छैन । मैले देखेको छु, भेटेको छु, कोही पनि आफ्नो सुविधाको गाडी यसरी गाउँलेलाई चटक्क दिँदैनन् । हदै गरे उनीहरूले, आफ्नो ड्राइभरलाई अस्पताल पु¥याएर गाडी लिएर आउनू भन्न सक्लान् । तर उनीहरू त्योभन्दा माथि जान सक्दैनन् । तर गएको एक हप्तामा मैले स्थानीय तहका जनप्रतिनिधिले आपूmले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्स बनाएको पढेको छु । सलाईको छेस्का भनेको यही हो र यही छेस्काबाट अरू जनप्रतिनिधिले पनि प्रेरणा लिनेछन् । त्यतिबेला उनीहरूले गौरवका साथ घोषणा गर्नेछन् – हामी जनताका वास्तविक प्रतिनिधि हौँ र हामी नै जनता हौँ । राष्ट्रपति, प्रधानमन्त्री त्यसबेला निरर्थक साबित हुनेछन् । जुन दिन जनताले सिंहदरबार छिर्न पर्दैन, हामी त्यहीँबाट समाजवादको यात्रा मार्गमा प्रवेश गर्नेछौँ ।
तर त्यो समय आउन हामीले निकै धेरै काम गर्नुपर्छ । जनताको स्वाभिमान जोगाउने मात्र होइन, त्यसलाई माथि उठाउने काम पनि गर्नुपर्छ । आफ्नो क्षेत्रका जनतालाई खान पुगोस्, लगाउन पुगोस् भनेर कृषिमा लगानी गर्ने र उभ्रियो भने कुनै अर्को समुदायलाई दिन पाउने काममा आफूलाई गर्वबोध होस् । त्यो ठाउँमा पुग्न सबै पालिकाहरूले प्रतिस्पर्धा गरुन् । बस्, यी कामले हाम्रो समाजवादको ५० प्रतिशत समस्या समाधान गरिदिने छन् ।
समाजवादले मान्छे–मान्छे बीचमा कुनै भेद गर्दैन । यहाँ त हामीले सानालाई सम्मान गर्न जानेका छैनौँ । तल झर्ने बित्तिकै भरिया हुने नेपाली मानसिकताले, हामीलाई तल झर्न दिइरहेको पनि छैन । जबसम्म हामी तल झर्न मान्दैनौँ तबसम्म नेपालमा समाजवादको ‘स’ पनि आउने छैन । माले कालमा हामी बेलाबेलामा कमिटी बैठकमा आफ्नो वर्गको हैसियतको चर्चा गथ्र्यौं । प्रायः साथीहरू आफ्नो हैसियत तल झार्नु हुन्थ्यो । जमिन्दार परिवारले धनी किसान भन्नुहुन्थ्यो भने म चाहिँ सजिलो वर्गमा पर्दथेँ निम्न पुँजीवाद । साथीहरू च्याप्नु हुन्थ्यो – मध्यम किसान कि गरिब किसान ? म कुन किसान थिएँ ? केटाकेटीमा किसान पेसा देखेकोसम्म देखेको थिएँ । चेतना आएपछि बारीको रेखदेख आमाले गर्नुहुन्थ्यो । आपूm त उही मकै, भटमास, बदाम खाने न हो । यही आधारमा म आपूmलाई किसान होइन, सहरीया ठान्थे र आपूmलाई निम्न पुँजीपति भन्थेँ ।
समाजवादको सबैभन्दा ठूलो शत्रु हो – ठूलोलाई मान, सानोलाई हान । यसमा जाति पर्छ । शायद यसमा धर्म पर्ला । अर्थात् ब्राह्मण र दर्जी, नागरिक र माननीय, सम्माननीय जस्ता सम्बोधनहरू । ‘तपाईं’ हामी सबैको आदरसूचक सम्बोधन हो । त्यसैले पहिले हामी तपाईंद्वारा बराबरको सम्बोधन हुनुप-यो । मैले पहिले पनि लेखेको थिएंँ–नेपालको सबैभन्दा चर्को सामन्तवाद राष्ट्रपति कार्यालयमा छ । सबैको मुखबाट ‘सम्माननीय’ शब्द निस्कनु अनिवार्य छ । राष्ट्रपतिज्यू अथवा राष्ट्रपति महोदय शब्द निकाल्नु भयो भने तपाईंको निस्कासन अनिवार्य हुन्छ ! मैले राष्ट्रपतिलाई कुनै आरोप लगाएको होइन, त्यहाँको कर्मचारीतन्त्र यत्ति बलियो बनाइएको कि त्यहाँ सबै कर्मचारीहरूमा आफू दरबारमा काम गरिरहेको भन्ने बोध भइरहन्छ ।
अङ्ग्रेजीमा सम्बोधनको मानक शब्द ‘यु’ हो । हामीले त्यो ‘यु’ लाई प्रयोग गर्नु पर्दैन । ‘तपाईं’ हाम्रो देशको सभ्यताको शब्द हुनसक्छ । मुख्य कुरा हो दिमागको । त्यसलाई बिस्तारै अभ्यासमा ल्याउनुपर्छ । अहिले सबैभन्दा बढी हुने शब्द पनि तपाईं नै हो । ‘तँ र तिमी’ हेपाहा मानिन्छन् नेपालमा । ‘हजुर, प्रभु’ ले दासत्वको गन्ध दिन्छ । यी सबैको बीचमा बसेको तपाईं सुन्दा पनि कति राम्रो सुनिन्छ ! ‘तपाईं’ राष्ट्रपति तपाइँ, प्रधानमन्त्री तपाईं, मन्त्रीहरू तपाईं, कर्मचारी पनि तपाईं । सबै नागरिक पनि तपाँइ ।
यति पनि रूपान्तरित हुनसक्नु हुन्न भने समाजवादको सपना देख्न छोडिदिनुस् । कोही कोही पत्रकारले लेखेको पढेको छु मैले ‘राष्ट्रपतिले उद्घाटन गरिन् ।’ झ्याम्म गालामा पड्काउनु जस्तो ! ‘राष्ट्रपतिले उदघाटन गर्नुभयो’ यो सम्बोधनको सही परिभाषा हो । अर्को एउटा उदाहरण पनि पस्किन मन लाग्यो त्यस्तै हँस्यौलीको – ‘प्रधानमन्त्रीको कार्यशैली ठीक छैन । उनी कसैको कुरै सुन्दैनन् ।’ यहाँ लेखिनु पथ्र्यो, उहाँ कसैको कुरै सुन्नुहुन्न ।
सामान्यजस्ता लाग्ने कुरामा त नेपालीहरू अभ्यस्त छैनन् । कुनै पनि दलितलाई तपाईं भन्न उहाँहरूको मुखले मान्दै मान्दैन । हामी समाजवादमा जाने हो भने जो भए पनि तपाँइ नभनी हुँदै हुँदैन । समाजवादमा सबै मानिस बराबर हुन्छन् । ठूलो सानो भनेको उमेर मात्र हो । बाबु, आमा, छोरा, छोरी घरभित्र जे गर्छन् गरुन्, तर घरबाहिर सबैको सम्बोधन हुनुपर्छ तपाईं ।
यी सबै कुरा सम्झिँदा नेपालमा समाजवाद नै आउँदैन कि भन्ने डर लाग्छ । हामीले कलपुर्जाको समाजवाद ल्याउन खोजेको होइन, जीवनको समाजवाद हो । जाति, धर्म, भगवान्, मान्ने मुलुकमा यो समाजवाद भन्ने शब्द छापिनै गाह्रो पर्दो रहेछ । त्यसैले हामीले समाजलाई आत्मनिर्भरतातिर लैजानुप¥यो । मुख्य रूपमा हामी आत्मनिर्भर हुनुप¥यो । त्यसका लागि पालिका तहमा चर्को काम गर्नुप¥यो । मेरो घर, मेरो बारी, मेरो खेत, मेरो गाई, मेरो भैँसी, मेरा खसीबाख्राहरू, मेरा कुखुराहरू भन्ने ठाउँमा पुग्नुप-यो । अनुपस्थित जमिन्दारको जग्गा उपयोगको व्यवस्था गर्नुप-यो ।
बहुदल आएपछि नुवाकोट झिल्टुङका युवाले प्रजातन्त्रमा सबै बराबर हुनुपर्छ भनेर एउटा सहभोज गर्नु भएछ । पर्नु भएछ सामाजिक बहिष्कारमा । नेपालीहरू यस्तो जडतामा बाँचेका छन् कि उनीहरू परिवर्तनको नामसँगै डराउँछन् । यिनै नेपालीका बीचमा हामीले समाजवाद ल्याउने हो । नेपालमा सहभोज पनि चलिरहेछ, बहिष्कार पनि चलिरहेछ । यो सामाजिक परिवर्तनको बाटोमा आइपर्ने बलिया बाधक हुन् । यिनलाई चिन्न र पराजित गर्न हाम्रा पालिका सरकारहरूले त्याग, तपस्या र परिवर्तनका बारेमा राम्ररी सम्झाउनुपर्छ र आपूmलाई उत्कृष्ट साबित गर्नुपर्छ ।
सबै नेपालीले बुझ्नुपर्छ, बन्दुकले समाजवाद ल्याउँदैन । त्यसले त समाजवाद ल्याउनेलाई मार्न मात्र जान्छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको शिक्षा हो । कार्यकर्ताहरूको त्याग, सेवा र बलिदानले नै नेपालमा समाजवाद आउन सक्छ ।
‘बा’ हरूको पङ्क्तिले यो काम गर्नै सक्दैन । अब उहाँहरूले स्वेच्छिक अवकाश लिनुपर्ने हो । तर लिन मान्नुहुन्न । त्यसैले हाम्रो समाजवादले अलिक दिन प्रतीक्षा गर्नै पर्ला ।á

(लेखक नेकपा एमालेका नेता हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?