logo
२०८१ मंसिर १० सोमवार



कुर्चीको राप

विचार/दृष्टिकोण |




दुर्गा कंडेल (छत्कुली)
बस्नका लागि बनाइएको केही अग्लो आसन जहाँ मानिसलाई बस्न सहज होस् । प्रसङ्ग यहाँ कुर्चीमात्रको भन्दा पनि पदीय दायित्व वहन गर्ने व्यक्तिको आसन जहाँ रहने मानिसमा केही शक्ति र अधिकार प्राप्त हुन्छ । त्यही कुर्चीका लागि आज एकथरि मानिस मरिहत्ते गर्ने, इमानदारी र नैतिकताकोे तिलाञ्जलीसमेत दिन पछाडि परेको पाइँदैन भने अर्कोतर्पm आफ्नो क्षमता, खुबी र दक्षताको प्रदर्शन गरी घिस्रने प्रयास गरे पनि राम्राभन्दा हाम्राले प्राथमिकता पाउने प्रवृत्ति बढ्दो छ । कुर्ची चाहे त्यो सत्ताको होस्, चाहे सङ्गठनको होस् धेरैलाई त्यसको मोह हुन्छ र रहनु पनि पर्छ । जसरी भए पनि पदमा पुग्ने प्रयास गर्नु र पुग्नु, पुग्नेका लागि राम्रो पक्ष हो तर कुर्चीलाई अरूले घुमाउने र घुमाएको सुरमा कुर्चीबाट दम्भ, अहम् र शक्तिका झिल्काहरू निस्कन थाल्छन् भने त्यसले क्षणिक रूपमा फाइदा भएको देखिए पनि औसतमा आपूmलाई त्यसको प्रभावले सकारात्मकभन्दा नकारात्मक असर पार्ने निश्चित प्रायः हुन्छ ।
क्षणिक समयको त्यो पद, कुर्चीको रापको आडमा मानिस आपूm कहाँ छु ? भन्ने झुल्न थाल्यो भने समयले उसको धरातल देखाइदिएका कैयौँ उदाहरण देखिन्छ । विशेष गरी पद धारण गरेका माथिल्ला तहमा रहने अधिकांशमा कुर्चीको राप देखिने गरेको पाइन्छ ।
लामो समय कर्मचारीको रूपमा कार्यरत एक जना महिलाले धेरैथरिका रापका झिल्काहरूले सेकेको अनुभव सुनाइन् । जसरी प्राकृत अस्तित्व रहेको आगोको एउटा सानो झिल्कोले आफ्नो अस्तित्व जोगाउन वा पैmलाउन उपयुक्त वातावरण चाहिन्छ भने क्षणिक समयका लागि स्थापना गरिएको कुनै पद जुन निश्चित समयका लागि रहन्छ, त्यसबाट निस्कने रापको झिल्काले केही आनन्दको भ्रम परे पनि रापको असर अनुभूति गर्ने पक्षले जीवित हुँदा त बिर्सन सक्दैन, मृत्युपछि पनि बिर्सन सकिँदो रहेनछ । संस्थामा सँगै रहँदा नबिर्सनु सामान्य होला, संस्था छोड्दा पनि बिर्सन सकिँदोरहेनछ । यस्ता प्रशासकहरू जो आज कुर्चीको रापले कसैलाई सेक्दै हुनुहुन्छ भने स्मरण रहोस् कुर्चीको आफ्नै सीमा हुन्छ, जिम्मेवारी हुन्छ, दायित्व हुन्छ, बाध्यता हुन्छ, सँगसँगै व्यावहारिकता र मानवीयता पनि ख्याल राख्न सक्नुपर्छ ।
उनी भन्दै गईन् – करिब डेढ दशक अगाडि म सार्वजनिक संस्थानमा कर्मचारीको रूपमा आबद्ध भएँ । जहाँ परीक्षणकाल एक वर्षको थियो । भन्नेहरू भन्ने गर्थे, परीक्षणकाल पूरा गर्न कठिन हुन्छ, जसले जे भने पनि मान्नुपर्छ, जागिर जान पनि सक्छ ...यस्तै यस्तै । यी सबै थोक सुन्दै म एक कुशल र इमानदार कर्मचारीको रूपमा आपूmलाई चित्रण गर्ने प्रयास गर्दै थिएँ । अकस्मात् मलाई जन्डिस देखाप¥यो । कतिपय जन्डिस भएका मानिस सामान्य मानिससरह औषधी खाँदै आफ्नो दैनिक कामधन्दा गरिरहेको देखिन्छ भने मलाई अत्यन्त कमजोरी बनायो । पहिले श्रीमान्लाई जन्डिस देखियो र केही हप्तामा ममा पनि देखियो । घरमा भन्दा हस्पिटलमा सहज हुन्छ भनी म नरदेवी अस्पतालमा भर्ना भएँ । नरदेवी अस्पतालबाट अफिसमा हाकिमसापलाई फोन गरेँ – सर म अस्पतालमा भर्ना हुनुप¥यो, अब केही दिन अफिस आउन नसक्ने भएँ । यो सुनेपछि हाकिमसाप यसरी कड्किनु भयो –‘‘तपाईं परीक्षणकालको मान्छे हो, थाहा छ ? याद गर्नुस् जागिर जान सक्छ ।” मलाई जागिरको कुनै पर्वाह थिएन पर्वाह थियो त आफ्नो शरीरको । म स्वस्थ भएँ भने त्यस्ता जागिर अरू पनि पाइन्छ भन्ने म ढुक्क थिएँ ।
ती हाकिम कड्किनुको पछाडि केही चम्चाहरूको पनि हात थियो । संस्थामा लामो समयपछि केही नयाँ कर्मचारी भर्ना गरिएको थियो । तिनै कर्मचारीमध्येकी म एक जना थिएँ । लाग्थ्यो, पुराना तथा काम गरिरहेका कर्मचारीहरू उनीहरूको जागिर खोस्न आएको जस्तो व्यवहार देखाउँथे । हामी नै हौँ यहाँको सर्वेसर्वाजस्तो । काम सिकाउनु, सामाजिकीकरण गर्नु, आफ्नोपनको आभास गराउनु त कता हो कता उल्टो असहयोग गर्ने, कहाँनिर के दोष लगाउने, हाकिमलाई कुरा लगाउने जसले गर्दा गुदी नभएका बन्दागोपी प्रशासकहरू अरूको इशारामा नाच्ने प्रवृत्ति छर्लङ देखिन्थ्यो ।
करिब २४ दिनको अस्पतालको बसाइँपछि म डिस्चार्ज भएँ । पच्चीसौँ दिनमा अफिस गएँ । बाटोबाट अलि भित्र अफिस थियो, म गेटबाट अफिसभित्रसम्म जाँदा मेरा गोडा काँपिरहेका थिएँ, म अत्यन्त कमजोर भएकी थिएँ । अफिसभित्र छिरेँ र तिनै हाकिमसापको कोठामा पुगी नमस्कार गरेँ । आँखा ठूला ठूला पारिहेर्नु भयो, केही बोल्नु भएन । म त कारिन्दा सानो मान्छे, मैले भनेँ – ‘‘सर, म हिजो मात्रै डिस्चार्ज भएर घर आएँ, एकदमै कमजोर भएकी छु, मलाई केही दिन अरू ठाउँमा राखिदिनु, म काम गर्छु अहिले काउन्टरमा बसेर काम गर्न मलाई अलि गाह्रो भएको छ, ग्राहकलाई दिने सेवामा कमी आउन सक्छ मात्रै भन्दै थिएँ ।” नमस्कार गर्न जोडिएका मेरा हातहरू नमस्कार गरिरहेकै थिए, हाकिमसाप भन्न थाल्नु भयो – ‘‘अफिस हो, हाजिर भएपछि सक्दिनँ भन्न मिल्दैन । आफ्नो ठाउँमा बसेर काम गर्नुस्, तपाईं परीक्षणकालको मान्छे हो,
थाहा छ ?”
परीक्षणकालको भूतसँग डराउँदै म बिस्तारै उठेर आफ्नो ठाउँमा बसेर काम गर्न थालँे । मेरा आँखा कम्प्युटरमा हेर्दा तिर्मिराउँदै थिए, शरीर कमजोरीले कामेजस्तो भएको थियो । करिब १२ बजेतिर मलाई एकदमै गाह्रो भयो, कुर्चीबाट उठेकोसम्म थाहा छ तर म कता गएँ, कसरी गएँ थाहा भएन । करिब तीन बजेतिर म बालाजुस्थित जनमैत्री अस्पतालको बेडमा पल्टिएको अवस्था रहेछु, त्यतिबेला म पूर्ण होसमा थिएँ । घाँटी सुकिरहेको थियो, शरीर पसिनाले निथु्रक्क भिजेको थियो । कार्यालयकी बाला नाम गरेकी दिदीले बोटलमा पानी ल्याएर दिनुभयो । त्यो पानीको स्वाद यति मिठो थियो, लाग्छ त्यति मिठो तरल पदार्थको स्वाद मेरो जिब्रोले अहिलेसम्म लिन सकेको छैन ।
बाला दिदीप्रति अत्यन्त आभारी भएँ । लाग्यो, मप्रति दया भाव देखाउने मान्छे पनि रहेछन् यस कार्यालयमा । मेरो मिल्ने साथी थिइन् अनुपा तर उनी त्यसबेला बिदामा विदेश गएकी थिइन् । मेरो त्यस दिनको हाजिरी पनि रातो कलमले धर्का तानिएको रहेछ । म केही दिनको विश्रामपछि अफिस आएपछि देखेँ । संस्थामा स्वेच्छिक अवकासको स्किम आएको रहेछ । हाकिमसापको स्वेच्छिक अवकासको स्वीकृति समेत भइसकेको रहेछ । अरूको इशारामा चल्ने बन्दागोपी प्रशासकले वर्तमानमा प्रशासन चलाउनु गाह्रो थियो भने अबको प्रतिस्पर्धी समयमा आफ्नो भविष्य नदेखेपछि स्वेच्छिक अवकासमा जाने निर्णय गर्नु उसको बुद्धिमत्तापूर्ण निर्णय लाग्यो मलाई ।
जो चाप्लुसी गरेर जागिर पचाइरहेका थिए, तिनीहरू हाकिमको राजीनामाले चिन्तित थिए भने म कुशल प्रशासक आउँछ कि ? भन्ने पखाईमा थिएँ । जागिर छोडेको दुई महिना पुग्दै थियो । ती हाकिमसापको हर्टएटाक्टबाट निधन भयो भन्ने खबर सुन्नमा आयो । मान्छे जन्मेपछि मर्नु पर्छ, यो सत्य हो, कोही अजम्बरी छैन तर मरेपछि पनि बिर्सन नसक्ने गुन लगाएर जानु हुँदैन । जुन हाकिसमसापले मलाई लगाएर गए । लामो समय आपूmले सेवा गरेवापतको सुविधा उपभोगको के कुरा हिसाब गर्न नभ्याउँदै जानुपर्ने हाम्रो जीवन केका लागि दम्भ देखाउनु कुर्चीको ? यसबाट राम्रो शिक्षा मिल्यो मलाई ।
उनी अझै बोल्दै गईन् – समय बित्दै गयो, थरिथरिका प्रशासकहरूसँग काम गर्दै अनुभव बटुल्दै अगाडि बढ्ने क्रममा फेरि अर्को एउटा मोड आयो । यस्तो घुम्ती जहाँ मेरा दुई जना बच्चा तर दुवै जना जागिरे, अरूको भरमा बच्चा छोडेर दैनिकी चलेको थियो । सानो बच्चा बिरामी भइरहन्थ्यो । यही तनावका बावजुद पनि प्रतिस्पर्धामा मेरो बढुवा भयो । अब घर पायकको जागिर सरुवा हुने निश्चित थियो । एकातिर बच्चा बिरामी भइरहन्थ्यो अर्कोतिर कहाँ पुगिने हो थाहा थिएन । करिब दुई वर्षको अन्तरालमा बच्चालाई पाँच पटक अस्पताल भर्ना गरिसकेको थियो । अब कहाँ जानुपर्ने हो, बच्चाको अवस्था के हुने हो ? कसरी जागिर धान्ने हो ? यस्तै तनाव हुँदै थियो । बच्चा फेरि कान्ति बाल अस्पतालमा भर्ना गर्नुप¥यो । भर्ना भएको चौथो दिनमा अफिसबाट फोन आयो, भोलि रमाना लिन आउनु भनेर । एउटी महिला (आमा) आफ्नो बच्चा अस्पतालको बेडमा उपचारमा राखिरहँदा उसको मन कस्तो होला ? त्यही समस्यामा परेकी आमाले बाहेक अरूले अनुभूति गर्न सक्दैन । त्यस अवस्थामा घर पायकको अफिस छोडी अन्यत्र जानुपर्ने र रमाना त्यही समयमा लिनुपर्ने अवस्थाले कति ठेस पु¥यायो स्वयं भोग्नेलाई मात्र थाहा हुन्छ । मेरा पीडाहरूलाई मनभित्र बाँधेर रमानापत्र बुझैँ । हाकिमको अनुहारमा खुशी छरपस्ट देख्न सकिन्थ्यो । सुन्छु, तिनै हाकिमसाप अहिले सन्तान सुखबाट पीडित छन् । उनको दुःखमा रमाउने मेरो उद्देश्य होइन । मैले भनेर हुने भए भगवान् उनलाई सन्तानको कारणबाट भएको पीडाबाट मुक्त गरिदेउ । सन्तान सुख जस्तोसुकै ऐश्वर्यसँग तुलना हुँदैन । मेरो उनीसँगको गुनासो भनेको मानिस भएर मानवीय व्यवहार देखाउन नसकेकोमा हो ।
भोलिपल्ट डिस्चार्ज भयो । म रमाना लिएर नयाँ अफिस खोज्दै आफ्नो बाटोमा लागेँ । त्यतिबेला ती बहादुर हाकिमसापको बच्चा थिएन । थियो मात्रै उनीसँग ‘कुर्चीको राप’ । जागिर खाएको छोटो समयमा उनलाई पदीय जिम्मेवारी दिइएको थियो । उनी भुइँमा न भाँडामा भएका थिए । नेतृत्व वा पदीय जिम्मेवारी लिनलाई मानिसमा दुई वटा कुरा हुनु जरुरी हुन्छ । एउटा अनुभव र अर्को हो उमेर । उनीसँग दुवै कुराको कमी थियो र यस्तो व्यवहार देखाए । अहिले ती बहादुर हाकिमसाप र मेरो कार्य गर्ने संस्था फरक छ तर हरेक जागिरे महिलाको छोराछोरीको कुरा आउँदा मेरो मनले तिनलाई सम्झन्छ । बिरामी महिला कर्मचारी देख्दा बितिसकेको हाकिमसापलाई सम्झन्छु । मेरो मनले भन्छ पदीय जिम्मेवारीमा रहने व्यक्तिले नीति, नियमसँगै मानवीयता र व्यावहारिकता हेर्न नसक्दा मानिसको मृत्युपछि, उसलाई दुःख पर्दा नचाहँंदा नचाहँंदै पनि आफ्नो पुरानो घाउको दुखाइ याद आउँदो रहेछ ।
परिस्थितिले विवश बनेका इमानदार कर्मचारी यस्ता अमानवीय व्यवहारको शिकार बन्ने वातावरण सिर्जना हुनु राम्रो होइन । चाकडी, चाप्लुसीमा रम्नेहरूले यो बुझ्नुपर्छ कि स्वविवेक प्रयोग गर्ने प्रशासक आउँदा आफ्नो हैसियत के हुन्छ ? चाप्लुसको कुरा सुन्ने, अरूको इशारामा चल्ने र पदीय अहम् देखाउने प्रशासकले यो क्षणिक कुर्चीको रापको दम्भ देखाउनु हँुदैन । पदबाट बाहिर हुँदा सडकका मान्छेसरह सामान्य मान्छे हँु भन्ने सम्झन सके कुशल प्रशासकको छत्रछायाँमा संस्कारी कर्मचारी (कारिन्दा) बाट संस्थागत हितमा काम गर्न सकिने वातावरण निर्माण हुन सक्छ ।
कुशल प्रशासकबाट नैतिकता, इमानदारी, व्यावहारिकता र अनुशासनको पाठ सिक्ने वातावरण बनाउन सके कुर्चीमा बसेका प्रशासकप्रति सदैव सच्चा सम्मान रहनेछ । पदबाट बाहिर हुँदा सडकका मान्छे सरह सामान्य मान्छे हँु भन्ने सम्झन सके कुशल प्रशासकको छत्रछायाँमा संस्कारी कर्मचारी (कारिन्दा) बाट संस्थागत हितमा काम गर्न सकिने वातावरण निर्माण हुन सक्छ ।
(लेखक राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड,विशालबजार शाखाका मुख्य प्रबन्धक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?