logo
२०८१ मंसिर ११ मंगलवार



नेपाल–बङ्गलादेश सुदृढ सम्बन्ध

विचार/दृष्टिकोण |




शंकरमान सिंह

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको मैत्रीपूर्ण निमन्त्रणामा मार्च २२ (आज) देखि २३ सम्म बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणमा बङ्गलादेशको भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले ढाकामा बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजीबुर रहमानको जन्म शताब्दी समारोहमा भाग लिनुहुनेछ र नेपाल– बङ्गलादेश सम्बन्धबारे बङ्गलादेशको स्थापनादेखि त्यो जनगणतन्त्र र नेपालको सम्बन्ध प्रगतिशील छ ।
‘सिलिगुडी कोरिडोर’ द्वारा यी दुई देश विभाजित भएका छन् – बङ्गाल दक्षिणी नेपाल र उत्तरी बङ्गलादेश बीच छ । दुवै दक्षिण एसियाली देश क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क) र बिम्सटेक, बी बी आइएन्का सदस्य छन् ।
यद्यपि नेपालले १९७१ को भारत, पाकिस्तान युद्धमा तटस्थ अडान कायम राख्यो तर नेपाल बङ्गला देशलाई जनवरी १६, १९७२ मा पहिचान गर्ने पहिलो राष्ट्र बन्यो । फलस्वरूप पाकिस्तानले नेपालसँग सम्बन्ध त्यति सहज भएन । बङ्गलादेशसँगै नेपालले बङ्गालको खाडीमा बन्दरगाहको सुविधा प्राप्त गर्नका लागि विदेशी व्यापारलाई बढावा दिने अवसर देख्यो, जुन नेपालले बङ्गलादेश पाकिस्तानको हिस्सा भएको बेलामा सीमित सफलताका लागि खोजेको थियो । १९७५ मा द्विपक्षीय सम्बन्धमा उल्लेख्य सुधार आएको थियो र दुवै देशले आफ्नो सबैभन्दा ठूलो छिमेकीको प्रभावलाई रोक्न खोजेका थिए । अप्रिल १, १९७६ मा दुवै राष्ट्रले व्यापार, पारवहन र नागरिक उड्डयनको विकासका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

सम्बन्धका सम्भावना
सन् अप्रिल, १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि यता नेपाल र जनगणतन्त्र बङ्गलादेशबीच उत्कृष्ट सम्बन्ध छ । यो सम्बन्ध सौहार्द, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित छ ।नेपाल र बङ्गलादेश दुवै डब्ल्युटीओ, बिम्स्टेक र सार्कको सदस्य देश भएकोले यस प्रकारको अन्तर्राष्ट्रिय र क्षेत्रीय फोरमको उपयोग क्षेत्रीय र द्विपक्षीय व्यापारलाई वृद्धि गर्न र लगानीका अवसरहरू सिर्जना गर्न सक्ने छन् ।
सार्क मन्त्रीहरूको बैठकहरूले काठमाडौँलाई बङ्गलादेश मार्फत भारतको चटगाउँसँग जोडेर अन्य परियोजना कार्यान्वयन गर्ने निर्णय गरेको थियो । नेपालको आशा छ यस्तो अन्तर्राष्ट्रिय यातायात कनेक्टिभिटी (सम्पर्क) परियोजनाले क्षेत्रीय एकता र गठबन्धनलाई अझ सुदृढ बनाउनेछ ।
नेपाल र बङ्गलादेश छिमेकी भए व्यापार र आर्थिक सम्बन्ध न्यून छ । समानता र पारस्परिक लाभको आधारमा व्यापार र आर्थिक सहयोगलाई बढावा दिनका लागि सचेत भए पनि हामी द्विपक्षीय व्यापार विस्तार गर्न सक्षम भएका छैनौँ । व्यापारको मात्रा र आर्थिक सम्बन्ध वृद्धि गर्न हामीले एक प्रभावकारी र संयुक्त कार्यक्रम सुरु गर्नुपर्छ ।
नेपालले बङ्गलादेशी व्यापार मेलाहरूमा भाग लिइरहेको छ । त्यस्तै, बङ्गलादेशले काठमाडौँमा एकल देश व्यापार मेला आयोजना गरिरहेको छ । यी क्रियाकलापले उत्पादनहरूलाई बढावा दिन्छन्, उद्यमीहरूलाई समकक्षहरूसँग संयुक्त लगानीको सम्भावित क्षेत्र पत्ता लगाउन मद्यत गर्छ ।
आर्थिक विकासको साझा हितलाई पूरा गर्न नेपाल र बङ्गलादेशले विद्यमान समस्याहरूलाई विचार गर्दै काँकडभिट्टा–फूलबारी बङ्गला बन्द मार्गलाई प्रभावकारी उपयोगमा ल्याउनुपर्छ र यसलाई मोंगला बन्दरगाहसम्म विस्तार गर्नुपर्छ । त्यो बन्दरगाह जोड्ने बङ्गलाबन्ध सडकको पूर्ण उपयोगले दुई देशबीच तेस्रो देश व्यापारको मात्रा बढाउँछ, द्विपक्षीय व्यापारमा नयाँ आयाम पनि विकास गर्दछ ।
नेपालले अत्यधिक साहसिक, रमाइलो पर्यटनको प्रवद्र्धनका लागि भद्रपुरबाट बङ्गलादेशको हवाई उडान नियमित र प्रभावकारी गर्नुपर्छ । दुवै देशले कार्गो यातायात मोडलिटी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिसकेकाले सबै प्रकारका सार्वजनिक र निजी सवारी साधनहरू नेपाल र बङ्गलादेशबाट आउने जाने आशा गर्न सकिन्छ ।
नेपाली कृषि उत्पादन बङ्गलादेशमा निर्यात गर्न ठूलो अवसर छ । जस्तै, दुग्ध उत्पादन, मसला, सागसब्जीलगायत गोलभेँडा, हरियो केराउ, काँक्रो, मरिच, अदुवा, ठूलो अलैँची, स्याउ, सुन्तला आदि ।
तर यी उत्पादनहरूमा प्रतिस्पर्धी हुन बङ्गलादेशले द्विपक्षीय व्यापारको सन्दर्भमा नेपालबाट आयात गर्न प्रोत्साहन गर्नुपर्छ ।
नेपालले बङ्गलादेशमा ढुङ्गा, रोढा र चिसो पानीको माछाजस्ता उत्पादनहरू पनि निकासी गर्न सक्छ । बङ्गलादेश यी नेपाली उत्पादनहरूका लागि मुख्य बजार बन्न सक्ने प्रचुर सम्भावना छन् । नेपालमा बङ्गलादेशको लगानी वित्तीय क्षेत्र, सूचना प्रविधि, पर्यटन आदिको क्षेत्रमा हुन सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।
नेपालको निजी क्षेत्र दुई देशबीचको आर्थिक सम्बन्ध र व्यापारको तीव्रताका लागि जनता–जनताबीचको सम्पर्कमा विश्वास गर्छ । नेपाली र बङ्गलादेशी जनताबीच नियमित सम्पर्कलाई सहज बनाउन निजी क्षेत्रको स्तरमा भ्रमण र सूचना साटासाट गर्न अनि मेला ÷ प्रदर्शनीहरूमा पनि सहभागिता बढाउनु आवश्यक छ । नेपालले बङ्गलादेशको लघु ऋणको अवधारणाको सफल प्रयोगबाट पाठ सिक्नुपर्छ । बङ्गलादेशदेखि नेपालसम्म ग्यास पाइप लाइन निर्माण गर्न सक्दा दुवै देशलाई फाइदा पुग्छ ।
नेपाल र बङ्गलादेश वाणिज्य सचिव स्तरीय वार्ता दुई देशबीच व्यापारको मात्रा विस्तार गर्नका लागि टेक्निकल (प्राविधिक) बाधक हटाउने (टीबीटी) हटाउने समझदारी पत्रमा हस्ताक्षर गरी सम्पन्न भएको छ । अब, दुवैै पक्षले गुणस्तरीय प्रमाणीकरण प्रक्रियाहरू र एक अर्काका उत्पादनको गुणस्तरसम्बन्धी मुद्दाहरूलाई सम्बोधन गर्न, प्रयोगशाला सञ्चालन अवलोकन गर्नेछन् ।
सहमति पत्रले क्वारेनटाइन सम्बन्धी अवरोध हटाउन एक अर्काको प्रयोगशाला प्रमाणीकरणको मान्यताका लागि मान्यता सम्झौतामा हस्ताक्षर गर्ने मार्ग समेत प्रशस्त गरेको छ । यी दुवै देशले प्राथमिक बजार पहुँच पु¥याउने उत्पादनहरूको सूचीलाई अन्तिम रूप दिइसकेका छन् । नेपालले पाँच सय वटा बङ्गलादेशी सामानका लागि प्राथमिक बजार पहुँच प्रदान गर्न सहमति जनाएको छ भने बङ्गलादेशले एकसय आठ वटा नेपाली सामानलाई यस्तै उपचार प्रदान गर्न सहमति जनाएको छ । बजार पहुँचका लागि सामानहरूको सूची पहिले नै तयार भइसकेको छ । कार्यान्वयन मोडलिटी (प्रक्रिया) प्रभावकारी रूपले लागू हुनुपर्नेछ ।
यी दुवै देश सिंहाबाद (भारत) – रोहानपुर (बङ्गलादेश) रेल यातायात सुविधा (भारतले प्रदान गरेको) सञ्चालनमा ल्याउन सहमत भएका छन् । रोहनपुर–सिंघाबाद ट्रान्जिट बाहेक, नेपालले बङ्गलादेशलाई राधिकापुर (भारत) –बिरोल (बङ्गलादेश) रेल लाइनलाई ‘ब्रोडगेज’मा रूपान्तरण गर्न आग्रह गरेको छ । यसको जबाफमा बङ्गलादेशले ब्रोडगेज रेलवे लाइनलाई रूपान्तरण गर्ने कार्यलाई तीव्र पारिएको जानकारी दिएको छ । काठमाडौँ–ढाका बस सेवा पनि वार्ताको एजेन्डामा समाहित भएको थियो । यद्यपि यो पहिले नै बीबीआईएन (बङ्गलादेश–भुटान–भारत–नेपाल) मोटर सवारी सम्झौताको अन्तर्गत छलफल भइरहेको छ ।

जलविद्युत्मा लगानी
बङ्गलादेश संयुक्त लगानीको आधारमा नेपालको पूर्वी भागमा जलविद्युत् परियोजनाहरू विकास गर्न उत्सुक देखिन्छ । बङ्गलादेशले भारत, भुटान र नेपाललगायत प्रत्येक देशबाट संयुक्त कार्य समूह (जेडब्ल्यूजी) गठन गर्ने प्रस्ताव र कार्यान्वयनतर्फ कार्य गरेको छ । जलविद्युत्मा संयुक्त उद्यमको सम्भाव्यतालाई चिन्न र आपसी फाइदाका लागि जलस्रोतको अन्वेषण गर्न समेत यो आवश्यक र अनिवार्य हुने अपेक्षा
गर्न सकिन्छ ।
(लेखक नेप्से, सेजका पूर्व प्रमुख हुनुहुन्छ । )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?