डा.दामोदर रेग्मी
मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महìवपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्यसहितको कुनै निश्चित कार्य, निश्चित विधिपूर्वक सम्पादन गरी अपेक्षित उपलब्धि हासिल गर्न विविध स्रोतको आवश्यकता अनुरूप मानवस्रोत एक महìवपूर्ण मानिन्छ । मानवशक्ति अन्य साधन स्रोतहरू पुँजी, प्रविधि, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृद्धि ल्याउन सक्ने क्षमतायुक्त महìवपूर्ण स्रोत हो । मानवशक्ति संवेदनायुक्त स्रोत पनि हो । संवेदना र बौद्धिक क्षमता तथा कुशलताको कारणले मानवस्रोतको व्यवस्थापन जटिल तथा महìवपूर्ण मानिने गर्दछ ।
मानव संसाधन व्यवस्थापनले मानिसको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु¥याउँछ । मानव संशाधन व्यवस्थापनले मानवीय साधनहरूको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक सम्भार, एकाकार, अवकाश, अवकाशपश्चात्को योजनाजस्ता समग्र पक्षलाई समेट्दछ । मानवस्रोत व्यवस्थापन यी सबै कार्यको शृङ्खलाबद्ध प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरूप हो । यी सबै चरणबद्ध शृङ्खलाको विवेकपूर्ण, दिगो र परिणाममूलक व्यवस्थापन कौशलतापूर्ण रणनीतिक व्यवस्थापन नै सङ्गठनको सफलताको कारक तìव मानिन्छ ।
जनशक्तिलाई रणनीतिक साधनको रूपमा लिई मानव संसाधनसँग सम्बन्धित सबै कार्यबीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव यसको व्यवस्थापनको अर्को महìवपूर्ण पक्ष हो । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्तिदेखि अवकाशसम्मका तह प्रचलनमा रहँदै आएकोमा मानवस्रोत व्यवस्थापनले प्राप्तिपूर्व र अवकाशपश्चात्को अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यताअनुरूप मानवस्रोत व्यवस्थापनको व्यावहारिक प्रयोग हुँदै आइरहेको छ । मानव सभ्यता र समयको विकासक्रमसँगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तनहरू भएका छन् । यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रूपमा लिइएको र पछि क्रमशः मानवलाई पुँजीको रूपमा लिने चलन बढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाइन्छ । मानवीय संवेदनात्मक पक्षको सम्मानले उत्प्रेरणा सिर्जना गर्ने र उत्प्रेरित जनशक्तिले सङ्गठनको साख र प्रभावकारितामा वृद्धि ल्याउन सक्दछ ।
मानवीय संवेदनात्मक पक्षको सकारात्मक सम्बन्धले मानवशक्तिलाई उत्प्रेरित बनाई मानव पुँजीमा रूपान्तरण गर्नमा सहयोग गर्दछ । यसका लागि मौद्रिक तथा गैरमौद्रिक उपायहरू प्रयोगमा आउने गर्दछन् । यसका साथसाथै असल सङ्गठनात्मक व्यवहारको प्रयोगले मानवशक्तिलाई उत्प्रेरित गर्नमा सहयोग गर्दछ र सङ्गठनात्मक व्यवहारको कुशल प्रयोगले मानवीय संवेदनाको व्यवस्थापनमा बल पुग्दछ ।
सङ्गठनात्मक व्यवहार जनशक्ति व्यवस्थापनको अर्को महìवपूर्ण पक्ष हो । सङ्गठनमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत तथा समूहगत क्रियाकलाप नै सङ्गठनात्मक व्यवहार हो । सङ्गठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन्, त्यस्ता व्यवहार देखाएका कारण सङ्गठनमा कस्तो प्रभाव पर्दछ भन्ने विषय सङ्गठनात्मक व्यवहारको अध्ययन हो । सङ्गठनमा कार्यरत व्यक्ति, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै सङ्गठनात्मक व्यवहार हो । सङ्गठनमा कार्यरत मानिसमा अन्तरनिहित भावना, सङ्गठनमा प्रवेश गर्दा लिएर आएको दृष्टिकोण, विश्वास र व्यवहार सङ्गठनको कार्यसंस्कृति र कार्यव्यवहारले व्यक्तिको चालचलन व्यवहारमा पर्ने प्रभाव सङ्गठनात्मक व्यवहारका पक्षहरू हुन् । सङ्गठनात्मक व्यवहारको अध्ययनले यी सबै विषयको प्रभावको अध्ययन गरी असल सङ्गठनात्मक संस्कृतिको विकासमा सहयोग पु-याउँदछ । सङ्गठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र त्यस्तो व्यवहारको असर कस्तो परेको छ भनेर हेरिन्छ । व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ता काम वा क्रियाकलापबाट व्यक्ति सङ्गठनप्रति उत्प्रेरित हुन्छ भन्ने विषयमा ध्यान दिने र यसको व्यवस्थापन कसरी गरिनु पर्दछ भन्ने विषयलाई कार्यशक्तिको विविधताको व्यवस्थापन भन्ने गरिन्छ । कार्यशक्तिको विविधताको व्यवस्थापन सङ्गठनात्मक व्यवहार व्यवस्थापनको अर्को आयाम हो ।
कार्यशक्तिको विविधताको व्यवस्थापनको अवधारणाले जनशक्तिहरूबीच समता र सम्मानको अपेक्षा राख्ने गर्दछ । सङ्गठनमा कर्मचारीहरू सहकर्मीसँग समूहमा रहेर काम गर्दा कार्यशैली, संस्कृति, कार्य वातावरण, जातीय, भाषिक, धार्मिक, उमेर समूह, लैङ्गिक विविधता आदि रहने गर्दछ । यी विविधताबीच सामन्जस्य वा अन्तरसम्बन्ध कायम गर्न सकिएमा विविधतायुक्त सङ्गठन विशेषतायुक्त सङ्गठनमा रूपान्तरण हुन सक्दछ । व्यवस्थापनको आधुनिक अवधारणाले यी विविधतालाई विशेषतामा रूपान्तरण गर्नुपर्ने मान्यता राख्दछ । सङ्गठनका विविधताको सम्मान र सम्बोधन गर्नु आवश्यक हुन्छ । यसले सङ्गठनलाई सौहार्दपूर्ण सामाजिक सङ्गठनमा रूपान्तरण गर्दै कुशल साङ्गठनिक संस्कृतिको माध्यमद्वारा लक्ष्यप्रति उन्मुख र जागरुक सङ्गठनको विकासमा सहयोग पुग्दछ । मानवस्रोत व्यवस्थापनका चरणबद्ध शृङ्खलालाई मानवपुँजी वा प्रतिभा व्यवस्थापनको आयाममा हेरी जनशक्तिलाई सङ्गठनको अमूल्य निधिको रूपमा उपयोग गर्नु सङ्गठनात्मक व्यवहारको सामयिक प्रयोगबाट मानवीय क्षमता र विशेषताको सम्मान तथा सङ्गठनलाई एउटा आदर्श र सहिष्णु सामाजिक सङ्गठनमा रूपान्तरण गर्नु आवश्यक हुन्छ । यो सामयिक आवश्यकता पनि हो ।
सङ्गठनका आ–आफ्ना उद्देश्यहरू हुन्छन् । ती उद्देश्य प्राप्तिका लागि सङ्गठनमा मानवीय र गैरमानवीय स्रोतहरूको व्यवस्था गरिएको हुन्छ । मानवीय र गैरमानवीय स्रोतको कुशल संयोजन र व्यवस्थापन सङ्गठनको सफलताको संवाहक हो । साङ्गठनिक मनोविज्ञान यिनै साधनस्रोतहरूको उपलब्धता र व्यवस्थापनबाट सङ्गठनको उद्देश्य प्राप्तिका लागि मानवीय संवेदना र अन्तरसम्बन्धसँग सम्बन्धित विषय हो । यसको विवेकपूर्ण व्यवस्थापनमा नै सङ्गठनको सफलता निर्भर रहेको हुन्छ ।
मानवशक्ति संवेदनायुक्त स्रोत पनि हो । मानव संसाधन व्यवस्थापनले मानिसको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु-याउँछ । कुशलतापूर्ण मानव संसाधनको व्यवस्थापनले सकारात्मक साङ्गठनिक मनोविज्ञान निर्माण गर्न सहयोग गर्दछ ।
सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्तिदेखि अवकाशसम्मका तह प्रचलनमा रहँदै आएकोमा मानवस्रोत व्यवस्थापनले प्राप्तिपूर्व र अवकाशपश्चात्को अवस्थालाईसमेत समेट्नुपर्ने मान्यताको विकास भएको छ र यसै मान्यताअनुरूप मानवस्रोत व्यवस्थापनको व्यावहारिक प्रयोग हँुदै आइरहेको छ । मानव सभ्यता र समयको विकासक्रमसँगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तन भएका छन् । यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रूपमा लिइएको र पछि क्रमशः मानवलाई पुँजीको रूपमा लिने चलन बढी मानवीय संवेदनात्मक पक्ष तथा उत्प्रेरणामा जोड दिने गरेको पाइन्छ । मानवीय संवेदनात्मक पक्षको सकारात्मक सम्बन्धले मानवशक्तिलाई उत्प्रेरित बनाई मानव पुँजीमा रूपान्तरण गर्नमा सहयोग गर्दछ । यसका लागि मौद्रिक तथा गैरमौद्रिक उपायहरू प्रयोगमा ल्याइने गरिन्छ र असल सङ्गठनात्मक व्यवहारको माध्यमद्वारा मानवशक्तिलाई उत्प्रेरित गर्ने गरिन्छ । सङ्गठनमा मानवीय संवेदनात्मक पक्षको सम्मान र उत्प्रेरित कार्य वातावरणको निर्माण सकारात्मक साङ्गठनिक मनोविज्ञानको अर्को महìवपूर्ण पक्ष हो ।
साङ्गठनिक मनोविज्ञानको अर्को महìवपूर्ण आयाम सङ्गठनात्मक व्यवहारसँग सम्बन्धित छ । सङ्गठनमा कार्यरत कर्मचारीको व्यक्तिगत तथा समूहगत क्रियाकलाप नै सङ्गठनात्मक व्यवहार हो । सङ्गठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन्, त्यस्ता व्यवहारहरू देखाउनुका कारण त्यस्तो व्यवहारबाट सङ्गठनमा कस्तो प्रभाव पर्दछ भन्ने विषय सङ्गठनात्मक व्यवहारको अध्ययन हो । सङ्गठनमा कार्यरत व्यक्ति, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै सङ्गठनात्मक व्यवहार हो । सङ्गठनमा कार्यरत मानिसमा अन्तरनिहित भावना, सङ्गठनमा प्रवेश गर्दा लिएर आएको दृष्टिकोण विश्वास र व्यवहार सङ्गठनको कार्यसंस्कृति र कार्यव्यवहारले व्यक्तिको चालचलन व्यवहारमा पर्ने प्रभाव सङ्गठनात्मक व्यवहारका पक्षहरू हुन् । सङ्गठनात्मक व्यवहारको अध्ययनले यी सबै विषयको प्रभावको अध्ययन गरी असल सङ्गठनात्मक संस्कृतिको विकासमा सहयोग पु¥याउँछ । सङ्गठनात्मक व्यवहारले सङ्गठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ भनेर हेर्छ । व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ता काम वा क्रियाकलापबाट व्यक्ति सङ्गठनप्रति उत्प्रेरित हुन्छ भन्ने विषयमा ध्यान दिने गर्दछ ।
कार्यशक्तिको विविधताको व्यवस्थापन साङ्गठनिक मनोविज्ञानको अर्को महìवपूर्ण पक्ष हो । सङ्गठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ र यसको व्यवस्थापन कसरी गरिनु पर्दछ भन्ने विषयलाई कार्यशक्तिको विविधताको व्यवस्थापन भन्ने गरिन्छ ।
कार्यशक्तिको विविधताको व्यवस्थापनको अवधारणाले जनशक्तिबीच समता र सम्मानको अपेक्षा राख्ने गर्दछ । सङ्गठनमा कर्मचारीहरू सहकर्मीसँग समूहमा रहेर काम गर्दा कार्यशैली, संस्कृति, कार्य वातावरण, जातीय, भाषिक, धार्मिक, उमेर समूह लैङ्गिक विविधता रहने गर्दछ । यी विविधताबीच सामन्जस्य वा अन्तरसम्बन्ध कायम गर्न सकिएमा विविधतायुक्त सङ्गठन विशेषतायुक्त सङ्गठनमा रूपान्तरण हुन सक्दछ । व्यवस्थापनको आधुनिक अवधारणाले यी विविधतालाई विशेषतामा रूपान्तरण गर्नुपर्ने मान्यता राख्दछ । सङ्गठनका यी विविधताको सम्मान र सम्बोधन गर्नु आवश्यक हुन्छ । यसले सङ्गठनलाई सौहार्दपूर्ण सामाजिक सङ्गठनमा रूपान्तरण गर्दै कुशल साङ्गठनिक संस्कृतिको माध्यमद्वारा लक्ष्यप्रति उन्मुख र जागरुक सङ्गठनको विकासमा सहयोग पुग्दछ । मानवस्रोत व्यवस्थापनका चरणबद्ध शृङ्खलालाई मानवपुँजी वा प्रतिभा व्यवस्थापनको आयाममा हेरी जनशक्तिलाई सङ्गठनको अमूल्य निधिको रूपमा उपयोग गर्दै सङ्गठनात्मक व्यवहारको सामयिक प्रयोगबाट मानवीय क्षमता र विशेषताको सम्मान तथा सङ्गठनलाई आदर्शपूर्ण र सहिष्णु सामाजिक सङ्गठनमा रूपान्तरण गर्नु आवश्यक हुन्छ । सङ्गठनलाई सामाजिक आयामबाट हेर्ने र सामाजिक अन्तरसम्बन्धलाई मजबुत बनाई सङ्गठनको लक्ष्यप्राप्तिका लागि अपनाइने गतिविधि, असल कार्य वातावरण र व्यवस्थापकीय कौशलताबाट सङ्गठनमा रहेको जनशक्तिको क्षमताको अधिकाधिक प्रयोग गर्न सकिन्छ ।