logo
२०८१ बैशाख ८ शनिवार



शिक्षामा राजनीतिक दृष्टिकोण

विचार/दृष्टिकोण |




डा. कृष्णप्रसाद पौडेल

नेपाली काँग्रेस शिक्षा विभागले पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक ग-यो । उक्त प्रतिवेदनले नेपालको वर्तमान शिक्षा प्रणालीलाई आमूल रूपमा परिवर्तन गर्न आवश्यक रहेको औँल्याउँदै यसको सुधारको कार्यदिशा समेत प्रस्तुत गरेको छ । प्रतिवेदनले मूलतः विद्यालय शिक्षा, उच्च शिक्षा, अनुसन्धान तथा अन्वेषण, पूर्वीय दर्शन, शिक्षक तथा प्राध्यापकको व्यवस्थापन, विद्यालयका कर्मचारी व्यवस्थापनलगायतमा गर्नुपर्ने नीतिगत व्यवस्थापकीय कुरालाई प्राथमिकतामा राखेको छ ।

स्थापनाको समयबाट नै कांँग्रेसले शिक्षालाई महìवका साथ उठाउँदै आएको पाइन्छ । नेपालका प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई सबैभन्दा महìव दिएको पाइन्छ । उक्त सरकारले नेपालको प्रथम विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना गर्नुले तत्कालीन सरकार शिक्षाको मामिलामा कति उत्तरदायी थियो भन्ने प्रष्ट्याउँछ ।

साथै बीपीको सरकारले सरकारको नीति तथा कार्यक्रममा हरेक मतदान केन्द्रपिच्छे कम्तीमा एउटा प्राथमिक विद्यालय र आवश्यकताको आधारमा माध्यमिक र बहुउद्देश्यीय (व्यावसायिक) विद्यालयहरू खोल्ने र प्राथमिक शिक्षालाई दश वर्षभित्र अनिवार्य बनाउने उल्लेख थियो । उक्त नीति तथा कार्यक्रममा उच्च शिक्षाको माध्यम अङ्ग्रेजी र नेपाली भाषा तथा प्राथमिक तहमा क्षेत्रीय भाषामा पनि शिक्षा प्रदान गर्ने नीति बनाएको थियो । यसबीचमा काँग्रेसको शिक्षा विभागले विभिन्न पक्षसित सरसल्लाह लिएको थियो ।

नेपालले शिक्षा क्षेत्रमा गरेको निरन्तर प्रयासबाट शिक्षा क्षेत्रमा प्रशस्त उपलब्धि हासिल भएका छन् तथापि नेपालको शिक्षा क्षेत्रमा अवश्य पनि धेरै चुनौती छन् । नेपालका शिक्षा क्षेत्रका केही सूचक नियाल्दा हाम्रा उपलब्धिहरू विकास र आयस्तरका हिसाबले नेपाल समानका देशको तुलनामा भर्ना दरलगायतमा सन्तोषजनक नै पाइन्छ । विद्यालय शिक्षा र उच्च शिक्षा दुवैको भर्ना दरमा लैङ्गिक समता समरूपमा पुगेको देखिन्छ । यसरी हेर्दा नेपालको शिक्षा प्रणाली आजको दिनसम्म आइपुग्दा धेरै नै फड्को मारेको पाइन्छ ।

नेपालमा दीक्षित भएका विश्वविद्यालयका स्नातकहरू थुप्रै विदेशी विश्वविद्यालयमा प्राध्यापन गराउनुका साथै विदेशी बहुराष्ट्रिय कम्पनीमा व्यवस्थापकका रूपमा उच्च तहमा काम गरिरहेका प्रशस्त उदाहरण छन् । यी उदाहरणलाई लिएर नेपालको शिक्षा प्रणालीमा सन्तोष गर्ने ठाउँ भने छैन । यो कुराको पुष्टि देशमा बढ्दै गरेको शैक्षिक बेरोजगार, परम्परावादी शिक्षा प्रणाली, शिक्षामा सीप र उद्यमशीलतालाई जोड्न नसक्नुले जनाउँदछ । देशको समग्र आर्थिक विकास र सामाजिक रूपान्तरणको मुख्य वाहकका रूपमा काम गर्नुपर्ने दक्ष जनशक्तिहरू नेपालबाट पलायन भइरहनु र विदेशिएका प्रतिभा भित्राउन राज्यले केही गर्न नसक्नु आजको ठूलो समस्या हो ।

शिक्षाको अन्तर्राष्ट्रिय अभ्यास, अतिविकसित राष्ट्र, विकासशील राष्ट्र, छिमेकी देश भारत र चीन, विज्ञ, शिक्षाविद् तथा सरोकारवाला निकायहरूसँगको छलफल तथा अन्तक्र्रिया, र हालसम्म बनेका शिक्षासम्बन्धी ऐन, नियम तथा नीतिहरूलाई अध्ययन र अवलोकन गर्दा प्रमुख रूपमा नेपालमा शिक्षामा विभिन्न प्रकारका समस्या देखिन्छन् ।

जस्तैः संविधानले व्यवस्था गरेको शिक्षा सम्बन्धी मौलिक हक र राज्यका नीतिहरूको कार्यान्वयनमा अग्रसरता नहुनु, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न नसक्नु, सामुदायिक विद्यालयमा पढाउने शिक्षकको मर्यादाक्रम, सेवा, सुविधा र वृत्ति विकासमा सरकारको ध्यान नपुग्नु, प्राविधिक तथा व्यवसायिक शिक्षाको उपलब्धता न्यून हुनु, उच्च शैक्षिक संस्थाको स्वायतत्ता कायम नहुनु, बजारको माग अनुरूप नवीनतम खोज तथा अनुसन्धानमा आधारित भई उच्च शिक्षाको शैक्षिक गुणस्तर वृद्धि गर्न अग्रसरता लिन नसक्नु यस क्षेत्रका मुख्य समस्या हुन् ।

यसका साथै गुणस्तरीयता मापनलगायतमा स्पष्ट मापदण्ड नहुनु र भएका पनि कार्यान्वयनमा आउन नसक्नु, दक्ष जनशक्ति विदेश पलायन भइरहनु र विदेशमा सिकेको सीप तथा ज्ञान नेपालमा भिœयाउने वातावरण सिर्जना हुन नसक्नु, नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा विकास गर्न अहिलेसम्म उचित पहल नगरिनु, शैक्षिक क्षेत्रमा भएको निजी लगानीको व्यवस्थापन सम्बन्धी स्पष्ट कार्यादेश आउन नसक्नु, शिक्षा सङ्घ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा परेता पनि त्यसको कार्यान्वयनतर्फ तिनै तहका सरकार गम्भीर नहुनु आदिलाई यस क्षेत्रका मुख्य समस्याका रूपमा परिचाहन गर्न सकिन्छ ।

माथि उल्लेखित विभिन्न समस्याका कारण नेपालको ज्ञान अर्थव्यवस्थाको विकास हुन सकिरहेको छैन । नेपालले २१औँ शताब्दीको सीप र उद्यमशीलतामा आधारित शिक्षा प्रदान गर्नका लागि हामीले प्रयोग गरिरहेको वा अपनाइरहेको शिक्षाको प्रणालीलाई आमूल रूपमा परिवर्तन गर्नुपर्दछ । देशको जुनसुकै ठाउँ, क्षेत्र र भू–भागमा अध्ययन गरे तापनि समान प्रकृतिको सीप तथा ज्ञान प्राप्त गर्ने अवस्था अबको शिक्षाले प्रदान गर्नुपर्दछ । विद्यालय तथा विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षेप हटाउनुको साथै शिक्षा ससङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेकोले यसको व्यवस्थापनका लागि राष्ट्रिय सहमति तयार गरी शिक्षालाई राज्यले दायित्वको रूपमा लिन जरुरी छ ।

त्यसो गर्न सकियो भने मात्र ज्ञान अर्थव्यवस्थामा आधारित समाज निर्माणका लागि यो प्रतिवेदनले अङ्गीकार गरेका उद्देश्यहरू सामाजिक रूपान्तरण, आर्थिक विकास र २१औँ शताब्दीको प्रतिस्पर्धी नागरिक उत्पादन गर्न हामी सक्षम हुनेछौँ । अतः संविधानको मर्मबमोजिम विद्यालय जाने उमेरका सम्पूर्ण बालबच्चालाई विद्यालय पु-याउनु र विद्यालय शिक्षामा नियमितता दिनु स्थानीय सरकारको दायित्व हो । क्षेत्र, भूगोल र जनसङ्ख्याको आधारमा शैक्षिक संस्थाको उपलब्धता के कसो छ सोको आधारमा सबैको पहुँचमा विद्यालय र उच्च शिक्षा पु-याउनु आवश्यक छ । आधारभूत तहमा पढ्दादेखि नै विद्यार्थीलाई आ–आफ्नो घर र समाजमा गर्ने कामको बारेमा जानकारी र सामाजिक उत्तरदायित्वको बोध गराउँदै उक्त कुराको मूल्याङ्कन विद्यालयको शैक्षिक प्रणालीमा समाहित गराउने काम शिक्षकको हो । आधारभूत, माध्यमिक तथा उच्च तहको शिक्षालाई जनमुखी, व्यावहारिक, उत्पादनमुखी र वैज्ञानिक बनाउने काम शिक्षक तथा प्राध्यापकहरूको दायित्व, जिम्मेवारी र जवाफदेहिता हो ।

एकातिर सामुदायिक विद्यालयलाई शिक्षामार्फत सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको आधारशिलाको रूपमा हेर्ने गरिन्छ भने अर्कोतर्फ सामुदायिक विद्यालयको शिक्षाको स्तरले राज्यको नागरिकप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई समेत प्रतिविम्बित गर्दछ । २०४६ सालको आमूल परिवर्तन पछाडि देशमा विकासका विभिन्न अवसर प्राप्त भए । एकातिर ती प्राप्त अवसरलाई हासिल गर्नका लागि आर्थिक र सामजिक रूपमा सबल रहेका वर्गको रोजाइमा जिल्ला सदरमुकाम, क्षेत्र सदरमुकाम साथै राजधानी पर्न गयो भने अर्कोतर्फ राज्यले सबै खालको विकासको अवसर सबै ठाउँमा समान किसिमले वितरण गर्न सकेन । यी कारणले गर्दा गाउँबाट सहरमा बसाइँ सर्नेको सङ्ख्या अध्याधिक मात्रामा बढ्न गयो । यसको साथै नेपालमा बढ्दै गरेको आन्तरिक द्वन्दले समेत बसाइँसराइ, विदेश पलायन र रोजगारीको लागि विदेशिनेको सङ्ख्या दिनानुदिन बढ्दै गयो । यसको असर सामुदायिक विद्यालयमा पनि पर्न गयो ।

अतः बीपीले कल्पना गरेको जनताको संविधान र समाजवादी शिक्षाको नमुना (कोइराला प्रधानमन्त्री भएको करिब ६० वर्ष पछाडि नेपालको संविधानले सुनिश्चितता गरेको छ । संविधानले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुनिश्चित गरेको छ । यही व्यवस्थाको माध्यमबाट दिगो विकास, सुशासन र समृद्ध नेपाल निर्माणको कार्यदिशालाई अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?