वाल्मीकिमय भानुभक्त :अयोध्यामय नेपाल
गोरखापत्र अनलाइन
असार २४, २०७८ बिहीबार
भानुभक्तलाई सम्झँदा वाल्मीकि र वाल्मीकिलाई सम्झँदा रामायण हुँदै रामलाई सम्झन पुगिहालिन्छ । रामको जन्म नै नेपालको अयोध्यामा भएको कथन सरकार प्रमुखबाट आएकाले यस वर्ष नेपाल नै राममय भयो, अयोध्यामय भयो । आदिकवि भानुभक्त आचार्यको जन्मदिन राम जन्मभूमिबारे यो कथन आएकाले रामभक्त भानुभक्तको आत्माले पनि शान्ति पायो । नयाँ नौलो कुरा बोलेकाले नेपाल र भारतका सबैलाई खुल्दुली पनि भयो । राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति...