राष्ट्रिय जनगणनामा भाषिक अभिलेखन
गोरखापत्र अनलाइन
असार २१, २०७८ सोमबार
नेपाली बृहत् शब्दकोश–२०७५ ले जनगणना शब्दको अर्थ पूरै राष्ट्र वा कुनै निश्चित क्षेत्रका जनताको कुल सङ्ख्या निकाल्न गरिने गणनाका रूपमा प्रस्तुत गरेको छ । व्युत्पत्तिगत आधारमा हेर्दा जन भन्नाले मानव जाति, मान्छे, जहान परिवार, जनता वा मानिस र गणना भन्नाले गन्ने काम, गनाइ, हिसाब