डा. अतीन्द्र दाहाल
गणतान्त्रिक आन्दोलन तथा नयाँ संविधानका थुप्रै महìवपूर्ण उपलब्धिमध्ये धर्म निरपेक्षता पनि एक हो । यद्यपि केही राजनीतिक घटनालाई जोडेर अहिले धर्मनिरपेक्षता वा सापेक्षता भन्ने विषयको बहस पुनःबौरिदै गरेको देखिन्छ । पुरानो राजनीतिक दल नेपाली काँग्रेसको आगामी महाधिवेशनमा यसबारे बहस छेडिन सक्ने अनुमानहरू प्रशस्तै भएका छन् । पाँच वर्ष पहिलेको महाधिवेशनमा हिन्दु धर्मको सशक्त वकालत गर्ने सशाङ्क कोइराला, स्व. खुमबहादुर खड्का अग्रमतले विजयी हुनुभएका कारण यस्तो अनुमान लगाइएको हुनसक्छ । हिन्दुराज्य स्थापना नै आफ्नो राजनीतिक एजेन्डा बनाएका पार्टीहरू समेत एकीकरण उन्मुख छन् । कुनै बेला धर्मको चर्को आलोचना गर्दै सकेको उछितो काढ्ने नेतामा गनिनु भएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट पनि यदाकदा नेपाललाई हिन्दु राष्ट्र बनाउन सकिने विचार आएको भन्ने सुनिन्छ । हालसालै एमालेका युवा नेता महेश बस्नेतले धर्मनिरपेक्षताका विषयमा समीक्षा गर्न केन्द्रीय कमिटीको बैठकमा आह्वान गर्नुभएको कुराले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ । अनि नेपालको संविधानमाथि बारम्बार असन्तुष्टि सार्वजनिक गर्दै आएको छिमेकी देशको मुख्य चासो चाहिँ हिन्दुराष्ट्र भएको चर्चा÷परिचर्चाहरू सुनिन्छ । संविधानको प्रस्तावित मस्यौदामाथि आम छलफल हुने समयमा अधिकांश नागरिकबाट यो माग आएको समाचारहरू बाहिरिएका थिए । यी आधारमा अहिले प्रश्न उठ्दैछ, के नेपाल फेरि हिन्दुराष्ट्र हुन्छ त ? भविष्यमा जस्तोसुकै परिणाम आए पनि सापेक्षता वा निरपेक्षतालाई प्राथमिकतामा राखेर भइरहेका सबै बहस र विश्लेषणमा उत्तिकै सबल तर परस्पर विपरीत दलीलहरू प्रशस्तै छन् ।
विश्वका लगभग ८० देश संवैधानिक हिसाबले धर्म निरपेक्ष छन् । उत्ति नै सङ्ख्यामा धर्मसापेक्ष देशहरू समेत छन् । लगभग दुई दर्जन देशले आफूलाई कुनै कित्तामा देखाएका छैनन् । इराक, इरान, अफगानस्थान र मदागास्कर जस्ता देशहरू पहिले धर्म निरपेक्ष भएर पनि फेरि सापेक्ष घोषित भएका छन् । तसर्थ निरपेक्षता÷सापेक्षता कुनै अलौकिक र अपराजयी गुणभन्दा पनि वस्तुगत आवश्यकताको आधारमा सम्बन्धित देशले निर्णय लिने विषय हो । अहिले पनि अमेरिकामा राष्ट्रपति हुन क्रिस्चियन प्रोटेस्टियन नै हुनुपर्छ । बेलायतकी महारानी क्याथोलिक धर्मकी संरक्षक मानिनुहुन्छ । अस्ट्रेलियाले संविधानमै आफूलाई क्रिस्चियन राष्ट्र मान्छ । संसारका थुप्रै देशले आफूलाई सगर्व इस्लाम भनेर चिनाउँछन् । यसरी हेर्दा धर्म एक प्रकारको स्थायी परिचय भएको देखिन्छ । जसको क्षणिक तथा उत्तेजनात्मक अदलबदलले निकै विग्रह ल्याउन सक्छ ।
सिद्धान्ततः धर्म निरपेक्षताले मानिसलाई धार्मिक कट्टरता र अन्य समुदायप्रतिको अनुदारभावबाट पर राख्ने आशा गरिन्छ । तर ‘सेकुलराइजेसन् इन अमेरिका’ नामक अनुसन्धानात्मक कृतिका लेखक इंगुलर हार्टस भन्नुहुन्छ, धर्म निरपेक्षताको अवस्थाले नागरिकलाई झन् बढी धार्मिक बनाउँछ । धर्म निरपेक्षतामा आपसी मतभेद बढ्छ । मिलेर बसेका धार्मिक समुदायमा प्रतिस्पर्धी भावनाको विजारोपण हुन्छ । अन्य समुदायको जति नै सबल र प्रचारित हिसाबले धर्मको प्रयोग कसरी गर्ने भन्ने होडबाजी हुन्छ । अरू समुदायमा हुने धार्मिक गतिविधिका सघनताले कतै आफ्नो धर्मलाई ओझेलमा पार्ने त हैन भन्ने सङ्कोच जन्मन्छ । मिलेर बस्नेभन्दा कसरी आफ्नो धर्मलाई सबल देखाउने भन्ने मनोदशाले डो¥याउँछ । दशंैँभन्दा क्रिसमसमा किन बढी तडक÷भडक नगर्ने भन्ने भावना आउँछ । बुद्धपूर्णिमा भन्दा कसरी इदुलफित्तरको बढी सशक्त प्रचार÷प्रसार गर्ने भन्ने सोच जन्मन्छ । पशुपतिमा हिन्दुले मात्रै किन प्रवेश पाउने, आर्यघाटकै समीपमा क्रिस्चियन समूहले मृत शरीर राख्न किन नपाउनेजस्ता विवाद आउँछन् । सबै समुदायलाई अरूले गर्दा आफ्नो धर्ममाथि सङ्कट र विनाश आउन लागेको भ्रम पर्छ । धर्ममा आफ्नो परिचय देख्न थाल्छन् । समाजमा अन्य समुदायका मानिसप्रति सहानुभूति र सामीप्यभन्दा सतर्कता बढी हुन्छ । एक÷अर्कालाई आत्मीय मित्रवत समूहभन्दा प्रतिस्पर्धी समूहको रूपमा बुझिन्छ । धर्म संरक्षणको नाममा जड सूत्रवाद र कट्टरता बढ्न सक्छ । धार्मिक भड्काव तथा द्वन्द्व निम्तिन सक्छ ।
कुनै खास विवाद नभए समाजबाट धार्मिक आस्था र भावना स्वतः हराउँछ । राजधानी नै त्यस्तो ठाउँ हो जहाँबाट कुनैबेला हिन्दु धर्मको वकालत गर्ने कमल थापाले सबैभन्दा धेरै भोट ल्याउनुभयो । अनि त्यहीँका मानिसहरू दशंै÷तिहारभन्दा बढी हर्षोल्लास साथ क्रिसमस र अङ्ग्रेजी पात्रोको नयाँ वर्ष मनाउँछन् । तर जब नियोजित हिसाबले धर्मनिरपेक्षता भनियो तब उनीहरू सशङ्कित भएका हुन् । पहिचान मेटिने सम्भावनाका कारण धार्मिक मान्यताको सघन अभ्यास र प्रचार गर्न लालायित हँुदैछन् । कुनै निर्णय नलिएको भए सायद केही दशकमा आफैँ धार्मिक चेतना हराउँथ्यो होला, अब झन् सघन बन्दैछ ।
धर्मनिरपेक्षताको विषय नेपालमा दीर्घकालीन झगडाको बीउ रोप्न चाहनेहरूले ल्याए । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनासँगै २०४७ साल आसपास सामाजिक विग्रह निकै उच्च थियो । बिहेवारी, धर्मकर्म, जन्ती÷मलामीमा समेत सहभागीहरूको राजनीतिक पार्टी मिले÷नमिलेको हेरिन्थ्यो । राजनीतिक आस्था र दलीय सहभागिताका आधारमा कलह तथा भेदभाव गरिन्थ्यो । अहिले नागरिकलाई राजनीतिक आस्था सामान्य लाग्न थाल्यो । त्यसमा अनावश्यक लडाइँ÷झगडाको स्थितिको अन्त्य भयो । तब समाजमा गलत चिन्तन र भड्काव ल्याउने अर्को पक्ष धर्मको नाममा आएको छ । यो नागरिकलाई विभाजित गर्ने एक सुनियोजित षड्यन्त्र हो । हामी चाहिनेभन्दा बढी नै विभाजित हुँदैछौँ । लाहोरमा फागु पुर्णिमामा बिदा दिइन्छ । कुनै वर्ष अमेरिकाका पूर्वराष्ट्रपति ओबामाले भाइटीका लगाउनुभयो । विदेशस्थित नियोगका मानिसहरूले विजया दशमीको टीका लगाएका छन् । बेलायती पूर्वप्रधानमन्त्री टेरेसा मेले शिवको मन्दिरमा नेपाली पोसाकसहित पूजा गरेको समाचार बाहिरिएका थिए । हाम्रैमा पनि आफूलाई हिन्दु भन्नेहरू बुद्धपूर्णिमा अनि क्रिसमस पनि उत्तिकै धुमधाम रूपमा मनाउँछन् । तर क्रिसमस मनाउनेचाहिँ दशैँ तिहारको कटाक्ष गर्नमा व्यस्त छौँ । धर्मको नाममा उच्च कट्टर बन्दैछौँ, सोच नै त्यस्तो होइन तर सुनियोजित षड्यन्त्रको रूपमा कतैबाट फसाइँदैछ र हामी त्यसमा फस्दैछौँ ।
सांस्कृतिक परिवर्तन सहजै सम्भव छैन, कानुनमा लेखेर मात्र हँुदैन । मन्दिरभित्र सँुगुर पसाउनेहरू अहिले भैँसी पूजा गर्छन् । संस्कृतिको हुज्जत गर्नेहरू स्वयं दशंैँ मनाउँछन् । बुर्जुवा शिक्षा भन्दै जनताका छोरा÷छोरीलाई विद्यालयबाटै बन्दुक बोक्न पठाएकाहरूले आफ्ना छोरा/छोरीलाई दूतावासमा भनसुन गरिकन विदेशका राम्रा विश्वविद्यालयमा अध्ययन गराउँछन् । धर्म पनि यस्तै मनोवैज्ञानिक विषय हो, जसमा जबर्जस्त परिवर्तन सम्भव हँुदैन ।
धर्म कुनै उपलब्धिको मापक होइन । धर्मविशेषलाई राज्यले प्राथमिकतामा पारेको छैन । संस्कृतलाई केही समय संरक्षण गरेको आर्यजनको प्राचीन भाषा भएर होइन । पूर्र्वीय जगत्मा ज्ञानका उच्च दर्शनहरू तत्कालीन समयमा संस्कृतमा लेखिएका थिए । बौद्ध दर्शनसँग सम्बन्धित पाली भाषामा लेखिएका कुराहरूलाई पनि राज्यबाट उत्तिकै संरक्षण प्रदान गरिएको छ । बुद्धप्रति हिन्दुहरूको असिम र अपार आस्था छ । जर्मनीमा धेरै संस्कृत विश्वविद्यालयहरू छन् । प्राचीन दार्शनिक कौटिल्यको तत्कालीन अर्थशास्त्र संस्कृत भाषामा लेखिएको थियो । प्राचीन पाश्चात्य दर्शनका आधार ज्ञानसम्बन्धी पुस्तकहरू हेबु्र, ल्याटिन तथा ग्रिक भाषामा लेखिएका देखिन्छन् । जसको पश्चिमा संसारले उत्तिकै संरक्षण गरेको छ । कमजोरी केही भए पनि अभिभावकत्व कहिल्यै विनाश गर्नुहुन्न । राज्यले केही भाषाहरूमा गरेका लगानी धर्मको हिसाबले नभई त्यसको धरातलको हिसाबले भएको हो । जसलाई हामीले गलत व्याख्या गर्दै सामाजिक बिग्रह अनि इतिहासको विनाशका लागि प्रयोग गर्दैछौँ ।
विश्वका कतिपय समुदाय नेपालका गौरवहरू माथि नियोजित आक्रमण चाहन्छन् । भारत बुद्धमाथि आक्रमण गर्छ, युरोप धर्म र अमेरिका जातलाई लिएर कलह रोप्दैछन् । फरक प्रयासको एउटै आशयचाहिँ यो देशलाई उनीहरूको परीक्षण प्रयोगशाला बनाउने हो । युरोपका अधिकांश देशमा स्थायी प्रकारको बस्ती थिएन, घुमन्ते÷फिरन्ते प्रथा थियो । विभिन्न ठाउँबाट विभिन्न समूहका मानिसहरू आएर बसे । तर नेपाल लामो समय स्थायी बसोवास भएको ठाउँ हो । जसको आफ्नो एउटा मुख्य धर्म, संस्कृति, परम्परा अनि जीवनदर्शन स्वाभाविक हुन्थ्यो ।
नेपाल एक मात्र हिन्दु राष्ट्र रहँदा भने विश्वभरका हिन्दुहरूको चासो बढेको थियो । यद्यपि पहिले पनि धर्ममा कट्टर हुने र अरूप्रति अनादर देखाउने सोच कसैमा थिएन र अभ्यास पनि भएन । तर आवश्यकभन्दा बढी सहजीकरणले कहिलेकाहीँ शङ्का जन्माउँछ, चाहिनेभन्दा बढी सतर्कताले झन् सन्त्रास ल्याउँछ । रोग नै नलागेको मानिसलाई उपचार गर्न खोजियो भने चिकित्सकमा गलत हिसाबले पैसा कमाउने स्वार्थ छ कि भन्ने शङ्का जन्मन्छ । धर्मका नाममा अनावश्यक विवाद देशको विकास, आत्मीयता अनि सौहार्दतामाथि त्यस्तै एक अधर्र्मी र निर्दयी गलपासो बन्ने सम्भावना देखिन्छ । अरूका लागि विभाजित कि आफ्ना लागि एकाकार हुने, एक पटक फेरि सघन, समाजपरक र स्वच्छ बहस चल्नुपर्छ, समीक्षा हुनुपर्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)