ग्रामीण सुधार विकासको आधार
गोरखापत्र अनलाइन
जेष्ठ २१, २०७८ शुक्रबार
मानिस सहरमा बसेर जैविक (अर्गानिक) चीजको माग गर्छ । ताजा फलफूल, सागसब्जी खान खोज्छ तर सुविधा र अवसरका लागि फेरि सहरको मोहलाई पनि छोड्दैन । यसर्थ, मानिस विकेन्द्रीकृत पद्धतिसँग ग्रामीण जीवनशैलीको माग गर्दै छ । ‘सुविधा सहरको तर ग्रामीण जीवनशैलीको अपेक्षा’ नै अहिलेको सामाजिक परिवृत्त हो । कोरोना महामारीको यो अप्ठ्यारो अवस्थामा ‘गाउँ फर्क र बाँझो जमिनमा अन्न उमार’ भन्ने अभियानको खाँचो छ । यस विषयलाई ‘चिनौँ आफ्नोे माटो...