यथार्थपरक बजेटको अपेक्षा (सम्पादकीय)
गोरखापत्र अनलाइन
जेष्ठ ११, २०७८ मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८/७९ को बजेटले कोरोना (कोभिड–१९) नियन्त्रणलाई मुख्य प्राथमिकता दिने बताउनु भएको छ । उहाँका अनुसार कोरोना खोपका लागि चीन, भारत, बेलायत, रुस, अमेरिकालगायत मुलुकसँग सम्पर्क र संवाद भइरहेको छ । भ्याक्सिन ल्याउने क्रम जारी रहेकाले निकट भविष्यमा पर्याप्त भ्याक्सिन आइपुग्ने र अक्सिजन सिलिन्डर, भेन्टिलेटरको समस्या करिब समाधान भइसकेको उहाँको दाबी छ । प्रधानमन्त्री ओलीले जनताको...