सहमतिको सन्देश (सम्पादकीय)
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७७ आईतवार
आममानिसको बुझाइमा राजनीतिमा सबैभन्दा ठूलो ताकत सैन्यशक्तिमा रहन्छ तर महान् साहित्यकार लियो टाल्सटाय भन्छन्, ‘धैर्य र समय नै सर्वशक्तिमान योद्धा हुन् ।’ विश्व इतिहासका ठूला विग्रह धैर्य, समय र संवादका अचुक विधिबाट समाधान भएकाले पनि टाल्सटायको विचार पुष्टि हुन्छ । अस्त्रले मात्र समाधान भएका द्वन्द्व वा युद्ध सायदै होलान्, जहाँ संवाद नभएका हुन् । यही परिप्रेक्ष्यमा नेपाल सरकार र सशस्त्र बाटो अँगालिरहेको नेपाल कम्युनिस्ट...