लैङ्गिक विभेद : विगत र वर्तमान
गोरखापत्र अनलाइन
फाल्गुन २४, २०७७ सोमबार
महिला सिर्जनाका स्रोत, ममता र सहनशीलताका खानी, उत्पे्ररणाका स्रोत तथा समाज परिवर्तनका संवाहक हुन् । महिलाको अस्तित्वविना मानव समाजको परिकल्पनासमेत गर्न सकिँदैन । तर हजारौँ हजार वर्षदेखि महिला पुरुषप्रधान, पितृसत्तात्मक र विभेदकारी स्थितिको शिकार हुँदै आएका छन् । मानव समाज विकासको ऐतिहासिक चरणअनुसार कविला युगपछि निजी सम्पत्तिको उदय भएको देखिन्छ । र, जहिलेदेखि निजी सम्पत्तिको उदय भयो त्यही कालदेखि महिलालाई घरको...