अनियन्त्रित आगलागी
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७७ आईतवार
वन डढेको सबैले देख्छन्, मन डढेको कसैले देख्दैनन्, भन्ने विरही गीत अब कहिल्यै सुन्न नपरोस् । पीडितका मनको आगो निभाउने काम लोकतन्त्रले गरोस् भन्ने चाहना थियो सबैको । तर, लोभतन्त्रमा परिणत गरिँदा आगलागीपीडितहरूमात्रै हैन, बाढी र पहिरो, डुबान र कटान, शीतलहर र भूकम्प आदि प्रकोपपीडितको विवादरहित तरिकाले उपकार हुन नसकेको गुनासो सुन्न परेकै छ सधैँ । हरेक वर्ष उही समय र मौसममा पीडितबाट उस्तै पीडा पोखेको सुन्न र देख्नपर्दा...