प्रकोप आएको कि निम्त्याएको ?
गोरखापत्र अनलाइन ,
श्रावण १, २०७७ बिहीबार
गर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले विपद्का घटनाहरू हुने गरेका छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग वर्षायाममा बाढी पहिरो, अतिवृष्टि या अनावृष्टि, असिना, खडेरी, हावाहुरी, हिउँदमा शीतलहर एवं हिमपात र जुनसुकै समयमा भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ । करिब ५० लाख वर्षअघि मात्रै निर्माण भएकाले नेपालका पहाडहरू संसारकै कान्छा पहाड मानिन्छन् । चुरेक्षेत्रको पहाड त झन् १० लाख वर्षमात्रै...