बाढीपहिरोबाट बच्ने रणनीति
गोरखापत्र अनलाइन ,
असार ३०, २०७७ मंगलवार
गएका चार/पाँच दिनमा हाम्रो देशले बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । यस्ता क्षति बर्सेनि बेहोर्ने गरिएको भए पनि यो वर्षको क्षति थोरै समयमा धेरै भएकोमात्र नभई, बढी आक्रामक किसिमको देखिएको छ । म्याग्दी, सिन्धुपाल्चोक, कास्की र लम्जुङजस्ता जिल्लाहरू यो वर्षका लागि केही प्रतिनिधि स्थानमात्र हुन् । यस्ता अरू धेरै स्थानहरू यस्तै प्रकृतिका भूबनोट अनि मानवीय क्रियाकलापसँग मिल्दाजुल्दा छन् । यो वर्ष बढी...