प्रकोप व्यवस्थापनमा समग्र पद्धति (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
असार २९, २०७७ सोमबार
असारको तेस्रो हप्तादेखिको मनसुनी वर्षाले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, चट्याङले जनधनको क्षति भएको छ । यो समयमान हुने यस्ता विपद् हरेक वर्ष दोहोरिने गर्छन् । वर्षाले म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, कास्की, रुकुम, जाजरकोट, बझाङ, तनहुँलगायतका जिल्लामा मानवीय तथा भौतिक संरचनामा व्यापक क्षति गरेको छ । नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यूनचापीय रेखा तराई–मधेस क्षेत्र नजिक रहेकाले अझै तीन चार...