पदयात्रामा रमाउने पर्यटकको रोजाइमा पर्दै देवचुली डाँडा (फोटो फिचर)
गोरखापत्र अनलाइन
मंसिर १६, २०७७ मंगलवार
कोरोना कहरले थला परेको पर्यटकीय क्षेत्रहरुमा पछिल्लो केहि दिनयता आन्तरिक पर्यटकहरुको चलहपहल सुरु भएको छ । पदयात्रा गर्ने पर्यटकको रोजाईंमा परेको नवलपरासी पूर्व (नवलपुरको) देवचुली नगरपालिका वडा नम्बर ६ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो पहाड देवचुली डाँडामा पदयात्रा गर्न जिल्लाभित्र र आसपासका छिमेकी जिल्ला चितवन, तनहुँ, मकवानपुर, नवलपरासी पश्चिम, रुपन्देही लगायतका जिल्ला र देशका अन्य ठाउँबाट समेत यहाँ आउन थालेका...