नाकामा भारत जानेको भीड,दैनिक सरदर तीन हजार बाहिरिन्छन्
गोरखापत्र अनलाइन
मंसिर १३, २०७७ शनिबार
कोभिड–१९ को सङ्क्रमण बढेपछि भारतका विभिन्न शहरबाट फर्केका नेपालीहरु फेरि समूहमा भारत जान थालेका छन् ।
औपचारिक रुपमा सीमा नाका खुला नभए पनि नेपालगञ्जस्थित जमूनाह नाका भएर दैनिक दुई हजारदेखि तीन हजार ५०० को सङ्ख्यामा नेपालीहरु भारतका विभिन्न शहरका लागि प्रस्थान गरिरहेका छन् ।