जागिर छाडेर कृषि र राजनीति, दुबैमा फलिफाप, वर्षमा पाँचलाख नाफा
गोरखापत्र अनलाइन
मंसिर १०, २०७७ बुधबार
खजुरास्थित कपास विकास समितिका पूर्व कर्मचारी हुनुहुन्छ, गेहेन्द्र धिताल । खजुरा गाउँपालिका नेकपाको कार्यालय सदस्य पनि । तर उहाँ अधिकांश समय खेतबारीमा बिताउनुहुन्छ ।
खेतबारीमा दिनुपर्ने केही समय बचाएर उहाँ पार्टीका बैठक तथा कार्यक्रममा सहभागी हुन जानुहुन्छ । सोह्र वर्षअघि कपास विकास समितिबाट राजीनामा दिएर धितालले व्यावसायिक तरकारी खेती थाल्नुभएको थियो । यो तरकारी खेती अहिले यो परिवारलाई निकै फापेको छ । धिताल...