ऊनी धागाेले फेरियो मदिरा बनाउने पेशा,सासु बुहारीको राम्रै कमाइ
गोरखापत्र अनलाइन
मंसिर ५, २०७७ शुक्रबार
कुनै समय बगुवनका महिलाहरु दिन घरेलु मदिरा बनाएर बित्थ्यो । बिहानैदेखि आगो बाल्ने दाउरादेखि आवश्यक सामग्री जोहो गर्दा फुर्सद नै हँुदैनथ्यो । बगुवनका घरैपिच्छे घरेलु मदिरा बन्थ्यो । मदिरा बनाएपछि स्थानीय बजारसम्म बेच्न लैजानु यहाँका महिलाहरुको दिनचर्या थियो ।
तर, अहिले परिवेश फेरिएको छ । बगुवनमा यसअघि देखिने दृश्य पनि फेरिएको छ । पहिले घरेलु मदिरा बनाउन व्यस्त हुने महिलाहरु अहिले चर्खामा धागो कात्न व्यस्त छन् ।...