नेवाः समुदायमा ‘म्ह पूजा’ सम्पन्न (फोटो फिचर)
गोरखापत्र अनलाइन
मंसिर २, २०७७ मंगलवार
नेवार समुदायले मनाउँदै आएको ‘म्ह पूजा’ अर्थात् आत्म पूजा गए राती सम्पन्न भएको छ । यो चाड स्वन्ति (तिहार) को चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । यस दिन म्ह पूजाका साथै नयाँ वर्षको पनि सुरुवात हुन्छ । यो दिन आफ्नै शरीरलाई पूजा गरिन्छ । शरीर भन्नासाथ यसमा पञ्चतìवको संयोजन हुन्छ । पृथ्वी, जल, तेज, वायु र आकाश पञ्चतìव नै हाम्रो शरीरको अस्तित्व हो ।