logo
२०८१ जेष्ठ ६ आईतवार



खाडीचौर-चरिकोट सडक खण्ड हिलाम्य , यात्रुलाई समस्या

प्रदेश |


खाडीचौर-चरिकोट सडक खण्ड हिलाम्य , यात्रुलाई समस्या


कैलाश लामा। दोलखा
चरिकोट, साउन २३ गते । ठेकेदार कम्पनिको लार्पवाही र डिभिजन सडक कार्यालयको हेलचक्राईका कारण लामोसाँगु जिरी सडकको लामोसाँगु चरिकोट खण्डका बिभिन्न ठाँउमा हिलो जमेर यात्रु तथा सवारी चालकलालाई समस्इ परेको छ ।  हिलोले सडक धान खेतको आली जस्तो हुँदा दैनिक सयौ यात्रु र सडक आसपासका स्थानियले सास्ती भोगीरहेका छन् ।


भारतीय एक्जिम बैङ्कको झण्डै एक अरब २४ करोड ऋण सहयोगमा ५५ किलोमीटरको लामोसाँगु चरिकोट सडक विस्तारको क्रममा बिभिन्न ठाँउमा थुपारिएको माटोका कारण अहिले सडक हिलाम्य  बनेको हो।


काठमाडौँ चरिकोटको १३३ किलो मीटरको दूरी तय गर्न १० घण्टा भन्दा बढी समय लाग्छ तर यस्तो संवेदनशील विषयमा सरोकारवाला निकायमात्र हैन राजनीतिक दलहरुले पनि चासो दिएका छैनन्  । 

अन्यत्र जसोतसो सवारी चल्ने भएपनि सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका -६ टुकी कार्यलय डाँडादेखि लिसांखुपाखर - ७ स्थित १८ किलो सम्मको सडकमा सवारी आवागमनमा मुख्य समस्या रहिआएको छ।

तस्बिर साैजन्य ः गणेशविक्रम  शाही ठकुरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?