logo
२०८१ चैत्र २३ आईतवार



टोनी हेगनको नाममा पार्क बनाइने

प्रदेश |


टोनी हेगनको नाममा पार्क बनाइने


हेटौँडा, भदौ ४ गते । हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१०, टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौँडा सहरकोे परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको सल्लाह सुझावका साथ अघि बढ्ने बताउनुभयो ।
हेटौँडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकको डिजाइनर आशिष अधिकारीलाई नै यो पार्कको पनि डिजाइनको जिम्मा दिने बताउँदै नगरप्रमुख महतले भन्नुभयो, “उक्त स्थानमा सम्पूर्ण हेटाँैडाको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावर पनि निर्माण गरिने छ । ”
पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले समेत केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताउनुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?