logo
२०८१ बैशाख ७ शुक्रवार



जिल्ला अस्पतालमा डिजिटल एक्स–रे

प्रदेश |


जिल्ला अस्पतालमा डिजिटल एक्स–रे


राजन रावत

सिमकोट, भदौ ४ गते । हुम्लामा डिजिटल एक्स–रे जडान गरिएको छ । सुविधा सम्पन्न अस्पतालहरूमा नयाँ उपकरणबाट सेवा प्रदान भइरहेको अवस्थामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मेसिन प्राप्त भएपछि हुम्ला अस्पतालले यो सेवा प्रदान गर्न सम्भव भएको हो ।
यसअघि साधारणखाले एक्स–रे मेसिनबाट बिरामीलाई सेवा प्रदान गर्दै आएकोमा अब भने डिजिटल मेसिन प्राप्त भई जडान हुँदा सेवा प्रदान पनि सुरु भएको डा. सरु प्रजापतिले बताउनुभयो । यसअघि प्रयोगमा आएका एक्स–रे मेसिनबाट गुणस्तरीय एक्स–रे रिपोर्ट नआउने गरेको अवस्थामा अहिले त्यो समस्या समाधान भएको छ ।
त्यसैगरी, यसअघि छाती आउने तर कम्मर पहिलेका मेसिनबाट एक्स–रे गर्दा नदेखिने गरेकोमा अब त्यो समस्या पनि समाधान भएको डा. प्रजापतिले बताउनुभयो । एक्स–रे रिपोर्ट पनि १० देखि १५ मिनेटमा उपलब्ध हुने गरेको छ । त्यस्तै अब केमिकलबाट धुलाएर एक्स–रे रिपोर्ट निकालिने कार्य बन्द भएको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ को कार्यक्रममा बजेट व्यवस्था भएपछि यो डिजिटल एक्स–रे मेसिन खरिद तथा ढुवानी गरेर उपलब्ध भएको हो । त्योसँगै यसबाट बिरामीको एक्स–रे रिपोर्ट तत्काल प्रिन्ट गरेर उपलब्ध हुनेछ भने विद्युत्को समस्या भएको बेला प्रिन्ट गर्न नसकिएको अवस्थामा चिकित्सकहरूले कम्प्युटरमा हेर्न सक्ने छन् ।
त्योसँगै कुनै बेला जिल्लाका कुनै जटिल केसको एक्स–रे गर्नु प¥यो तर त्यसका लागि विशेषज्ञ सेवा नभएको अवस्थामा सीधै इन्टरनेटको सुविधाले इमेल, म्यासेन्जर भाइबरलगायतका माध्यमबाट बाहिर पठाएर पनि सल्लाह लिन र जिल्लामा उपचार गर्नसकिने अवस्था सुरु भएको डा. प्रजापतिले बताउनुभयो ।
त्योसँगै एक्स–रे रुमका कर्मचारीले सीधै ओपीडीमा रहनुभएका चिकित्सकहरूलाई एक्स–रेको इ–कपी पनि पठाएर बिमारीको अवस्था हेर्न सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामा बताउनुहुन्छ । पछिल्लोपटक अक्सिजन प्लान्ट, हेलिप्याड निर्माणजस्ता कुराले हुम्लाको एकमात्र अस्पताल नयाँ प्रविधिसहित व्यवस्थित सेवा र सुविधाले व्यवस्थित हँुदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?