logo
२०८० चैत्र १६ शुक्रवार



गर्भवतीलाई निःशुल्क अण्डा !

प्रदेश |


गर्भवतीलाई निःशुल्क अण्डा !


सर्लाही समाचारदाता

सर्लाही, भदौ ४ गते । दक्षिण–पश्चिम भेगस्थित बरहथवा नगरपालिका–२ हजरियामा जिल्लामै पहिलोपटक ‘गर्भवती महिलाको घरमा झण्डा, पेटमा अण्डा’ कार्यक्रम लागू भएको छ ।
बरहथवा नगरपालिका–२ को वडा कार्यालयले गर्भवती महिलाको घरमा हरियो झण्डा राखेर अण्डा वितरण गर्न सुरु गरेको हो । स्थानीय ३० जना महिलालाई एक–एक क्रेट अण्डा वितरण गरी अभियानको सुरुवात गरिएको वडाध्यक्ष यज्ञबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले गर्भवतीलाई अण्डासँगै आ–आफ्नो घरमा सबैले देख्ने गरी राख्न हरियो झण्डासमेत प्रदान गरिएको बताउनुभयो ।
स्वास्थ्य चौकीमा आएर स्वास्थ्य परीक्षण गरेको कार्ड बुझाएपछि तीन महिनाको गर्भ रहेदेखि सुत्केरी नहुञ्जेलसम्म प्रत्येक दिनका लागि एक–एकवटा अण्डा प्रदान गरिने वडाध्यक्ष खड्काले बताउनुभयो । पोषणमा सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ, वडाध्यक्ष खड्काले भन्नुभयो, कार्यक्रमको उद्घाटनमा ३० जना सुत्ेकरीलाई एक–एक क्रेट अण्डा र झण्डा बाँडे पनि अब क्रमैसँग अन्य सुत्केरीलाई पनि वितरण गर्छौं । बरहथवा नगरपालिकाकी उपप्रमुख सीतादेवी माझीले वडा कार्यालयले सुरु गरेको यो अभियान महìवपूर्ण रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । अभियान सराहनीय छ तर नियमित हुनुप¥यो, गर्भवतीलाई अण्डा हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख माझीले भन्नुभयो, यसमा वडावासीले समेत सकारात्मक सहयोग गर्नुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?