logo
२०८१ बैशाख १४ शुक्रवार



क्षतिग्रस्त सडक मर्मत भएन

प्रदेश |


क्षतिग्रस्त सडक मर्मत भएन



महोत्तरी समाचारदाता

जलेश्वर, भदौ ४ गते । एक महिनाअघि आएको बाढीले क्षतिग्रस्त सदरमुकाम जलेश्वर जोड्ने सडकहरू मर्मत नहुँदा स्थानीय बासिन्दालाई आवागमनमा समस्या उत्पन्न भएको छ । क्षतिग्रस्त सडकले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
सदरमुकाम जलेश्वर जोड्ने मटिहानी–जलेश्वर, जलेश्वर–बर्दिवास, जलेश्वर–भिठामोड, जलेश्वर–सम्सी सडक खण्डहरू असार २७ गते आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । कतिपय सडक खण्डमा बाढीले कटान गरिएका केही मर्मत सम्भार गरी सञ्चालन गरिए पनि अन्य सडकमा भने मर्मत नगरिकनै सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुँदा दुर्घटना निम्तिन सक्ने स्थानीय बासिन्दा बताउँछन् ।
मटिहानी नगरपालिका–८ बस्ने मनोज चौधरीले जलेश्वर–मटिहानी सडक खण्डमा सामान्य मर्मत सम्भार गरी सडक सुचारु गरिए पनि सडकको किनारमा अहिलेसम्म मर्मत सम्भार नगरिँदा कुनै बेला ठूलो दुर्घटना हुनसक्ने बताउनुभयो । बाढीले सडकको किनारमा ठूलै क्षति पु¥याएको बताउनुहँुदै चौधरीले भन्नुभयो, ठूलो गाडी अलिकति दायाँबायाँ जाने हो भने सडक नै धसेर ठूलो क्षति पु¥याउने देखिन्छ ।
महोत्तरी जिल्लाका सम्पूर्ण सडक निर्माणाधीन रहेको अवस्थामा एक्कासि आएको बाढीले सडक कटान गरेका थिए । जनकपुर–भिठामोड हुलाकी सडकको काम असार मसान्तसम्ममा एक लेन सम्पन्न गरिसक्नुपर्नेमा बाढीले समेत अवरोध पु¥याएको र अहिले पनि सो सडकमा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन भइरहेको छ । सो सडकको पिपरामा बाढीले सडक नै बगाउँदा दुई हप्ता बढी समयदेखि जनकपुर–जलेश्वर सडक खण्डमा सवारी सञ्चालनमा कठिनाइ रहेको थियो ।
जिल्ला विपत् व्यवस्थापन समितिले बाढीका कारण यातायात सञ्चालन हुन नसकेको सडकमा तत्काल मर्मत गरेर सडक सुचारु गर्न गरेको निर्देशनअनुसार स्थानीय तहले सडक डिभिजन कार्यालयको सहयोगमा सामान्य मर्मत सम्भार गरी सडक सुचारु गरेका थिए । सडक सुचारु भए पनि सडकको किनारमा बाढीले कटान गरेको स्थान नपुरिँदा समस्या देखिएको छ ।
जलेश्वर उद्योग वाणिज्य सङ्घका सदस्य शिवचन्द्र चौधरीले सबै सडक सञ्चालनमा आइसकेपछि सडकको अरू समस्या तत्कालका लागि सबैले बिर्सेको बताउनुहँुदै ठूलो दुर्घटना भएमात्रै सरोकारवाला चेत्ने पुरानो रोग रहेको बताउनुभयो ।
जिल्ला प्रशासनमा वैशाख महिना विभिन्न सडकसम्बन्धी निर्णयका लागि सर्वपक्षीय बैठक बसेर जनकपुर–जलेश्वर–भिठामोड सडकको प्याकेज नम्बर १ अन्तर्गत वनतर्फको सडक वैशाखदेखि सुरु गरी जेठ १५ गतेसम्ममा पहिलो लेयरको काम सम्पन्न गर्नुपर्ने र प्याकेज २ सडकको वनतर्फको सडक जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने निर्णय गरिए पनि कुनै काम हुन नसकेको बताउनुहँुदै बाढीले झन् सडकको अवस्था बिगारे पनि मर्मततर्फ ध्यान नदिइएकोमा उहाँले आक्रोश पोख्नुभयो । जनकपुर परिक्रमा सडकका योजना प्रमुख देवेन्द्रप्रसाद साहसँग पटकपटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?