लहान समाचारदाता
लहान भदौ ७ गते । सिरहाको दक्षिणी भारतीय सीमासंग जोडिएको औरही गाँउपालिकामा अल्पमत र बहुमतको विवादमा विकास पछाडि परेको छ । स्थानीय सरकारमा रहेका नेकपा, समाजवादी फोरम र नेपाली काँग्रेसबीच दलीय सहमति नहुँदा विकासको लागि अनुकूलता रहेको समयमा प्रतिकूलता देखिएको स्थानीयहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । यहि विवादको कारण समयमा तेस्रो गाँउ परिषद् हुन नसक्दा सवै योजना यस वर्ष ठप्प हुने देखिएको छ ।
गाँउपालिका अध्यक्ष सिद्धार्थ यादव भन्नुहुन्छ–यस गाँउपालिकाबाटै सिरहा २ का संघीय सांसद सुरेश चन्द्र दास यादव र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव निर्वाचित हुनु भएकोले विकासको लागि तीनै तहका सरकारका प्रतिनिधिहरु मिलेर बर्दान र अभिशाप दुबै रहेको गागन खोलाको तटबन्ध गरेर समृद्ध र सुन्दर औरही गाँउपालिका बनाउने योजनालाई वडाध्यक्षहरुले अनावश्यक बखेरा झिकेर विकासमा अवरुध सृजना गरेर गाँउपरिषद् हुन दिईरहेको छैन ।
आफू पनि जागिरको मोह छोडेर राजनीतिमा लागेर औरही गाँउपालिकामा केहि गरेरै देखाउनको लागि आएको छु तर खुट्टा तान्ने प्रवृत्तिले सोचे अनुसार काम गर्न कठिनाइ भएकै छ ।
तीनै दलका जनप्रतिनिधिहरु निर्वाचित रहेको यस गाँउपालिकामा कसैको बहुमत नरहेकोले यस परिस्थितिमा मिलेर जान सहमति खोज्न र विकासको लागि एक भएर अघि वढ्ने प्रयासमा गर्दा तीनपटक गाँउ परिषद्को लागि सर्वुम्मत निर्णय भयो तर निर्णयको मसी नसुक्दै अनावश्यक बखेरा खडा गर्दा गाँउ परिषद् सफल हुन सकिरहेको छैन् ।
कालीदासको उदाहरण दिँदै उहाँले भन्नुभयो,‘कालीदास विद्वान हुनुभन्दा अगाडि रत्नाकर थिए आफै वसेको रुखको हाँगा काटिरहेको मुर्खता देखाउने कालीदास पछि विद्वान भए जस्तै आफै वसेको रुखको हाँगा नकाटी विकासको लागि विद्वान कालीदास भएर सहयोग गर्न वडाध्यक्षहरुलाई आग्रह गरिरहेको अध्यक्ष यादवले तर्क गर्नुभयो ।’
९५ प्रतिशत कृषक रहेको यस गाँउपालिकामा सिंचाई, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा गएको दुई आर्थिक वर्षमा यस्तै खिचातानीले समयमा काम नहुँदा जनअपेक्षा अनुसार काम हुन नसकिरहेको स्थानीय रघुनाथ यादवको भनाई छ ।
यस गाँउपालिकामा न्यायिक समिति अहिलेसम्म सक्रिय नहुनु झन् ठूलो समस्या भएको स्थानीय पत्रकार धमेन्द्र पासवानले भन्दै असार १० गते सम्पन्न भैसक्नुपनर्मो गाँउ परिषद् अहिलेसम्म सम्पन्न नहुनुमा तीनै दल चुकिरहेका छन् । यहि रबैया रहि रहे नागरिक स्तरबाट जनदबाब सृजना गर्न नागरिक अगुवाहरुले पहल लिनुपर्छ ।
औरही गाँउपालिकामा नेकपाबाट गाँउपालिका अध्यक्ष सहित बाह्र जना, तीन जना एक वडाध्यक्ष सहित तीन जना नेपाली काँग्रेस र उपाध्यक्ष सहित बाँकी समाजवादी फोरम निर्वाचित भएका छन् ।