logo
२०८२ श्रावण ३० बिहीवार

  फाेटाे फिचर  



तामाकोशीले बगाउँदा विदेशी पर्यटकको मृत्यु, सेनाले निकाल्यो शव

प्रदेश |


तामाकोशीले बगाउँदा विदेशी पर्यटकको मृत्यु, सेनाले निकाल्यो शव


कैलाश तामाङ्ग
चरिकोट दोलखा, भदौ १० गते । दोलखाको विगु गाउँपालिका –१ स्थित पर्यटकीय तथा धार्मीक क्षेत्र लप्ची घुम्न आएका एक विदेशी नागरिकलाई तामाकोशी नदीले बगाउँदा मृत्यु भएको छ ।
लप्ची घुमेर सोमबार लामाबगर तहँुदै सदरमुकाम चरिकोट तर्फ फर्किरहेका ल्याटभियाका पासपोर्ट नम्बर एल भी ३९७६५९४ रहेका ३२ वर्षिय कन्स्टेनटिन्स् टोडोसिनकभ्सलाई मंगलबार लामाबगर नजिकै तामाकोसी नदीले बगाउँदा मृत्यु भएको हो ।
श्रीमती यरीना टोडोसिनकभा र दुई नेपाली भरिया सहित फर्कदै गरेका उनलाई तामाकोसी नदीको किनारबाट हिड्ने क्रममा फेदी भन्ने स्थानबाट दिउँसो १ः३० बजे नदीले बगाएको थियो ।
नदीले बगाएको खवर प्राप्त हुँनसाथ प्रहरी सहायक निरीक्षक सहितको चार जानाको टोलीले खोजीकार्य गर्दा करिब एक किलोमिटर तल लास भेटिएको इलाका प्रहरी कार्यलय सिंगटीका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।
नदीको बीच भागको ढुङ्गा र काठको चेपमा अड्किएको लास माथिल्लो तामाकोसीको सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको सहयोगमा स्काभेटर र डारी प्रयोग गरि निकालिएको छ ।
विदेशी नागरीक भएकोले घट्नाको मुचुल्का उठाएर सव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । मृतक बौद्ध धर्मावलम्बी भएकाले धार्मीक यात्रामा चप्चे पुगेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?