logo
२०८१ बैशाख १५ शनिवार



झोलेछाप डाक्टरको विगविगी बढ्दै, स्थानीय निकाय मौन

प्रदेश |


झोलेछाप डाक्टरको विगविगी बढ्दै, स्थानीय निकाय मौन


सञ्जय कुमार मिश्र –
गौर, भदौ १४ गते । अवैध झोलेछाप डाक्टरलाई सम्बन्धित निकायले अनुगमन गरी कार्यवाही नगरिदाँ स्वास्थ्य क्षेत्र प्रभावित बन्दै गएको छ ।

नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएपछि क्लिनिक संचालन गर्न सकिने कानूनी प्रावधान रहे पनि त्यसको विपरित लाइसेन्स विना झोलेछाप डाक्टरको विगविगी बढ्दै गएको छ ।

विना अनुमति संचालित क्लिनिकमा झोले छाप डाक्टरहरु दर्जनौको संख्यामा रहेको छ । छिमेकी देशका गैरकानूनी डाक्टरहरु खासगरी जिल्लाका ग्रामिण क्षेत्रमा जरा गाडेर बसेका स्थानीय महेन्द्र सिंहले बताउनुभयो ।

नक्कली डाक्टरले विरामीहरुलाई हाइड्रोसिल अप्रेसन, हर्निया, बबासिर, भगन्दर , पेटको रोग, बाँझपना, नपुंसकसतालगायत विभिन्न रोगको ग्यारेन्टीको साथ उपचार गरिन्छ भनेर विरामीहरुलाई झुक्याउने गरेको पाइको छ ।

झोलेछाप डाक्टरहरुले विना डिग्री हाइएन्टिबायोटिकको प्रयोग गरेर बिरामीहरुको स्वास्थयसँग खेलवाड गर्ने गरेको समेत पाइएको छ ।

रगत पिसाब, दिशालगायत अन्य परीक्षण नगरी तथा एन्टिबायोटिको मात्रा, दिने अवस्था, नदिने अवस्था, त्यसको साइड इफेक्टको जानकारी विना हचुवाको भरमा यस्ता झोले छाप डाक्टरहरुले विना अधिकार निर्धक्क भएर प्रयोग गर्ने गरेको पाइएको छ ।

विना अनुमति औषधी पसल संचालन गर्नु र जो पायो डाक्टर बनी उपचार गर्नु अवैधानिक कार्य भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णा साहले बताउनुभयो ।

प्रमुख साहले लाइसेन्स प्राप्तले मात्र क्लिनिक संचालन गर्नुपर्ने कानूनी प्रावधान रहेको समेत जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?