टीकाराम उप्रेती,
झापा भदौ २३ गते । झापाको दमक नपा ६ निवासी रम्बा राजवंशी बिहान प्रत्येक दिन ४.०० वजे नै उठ्ने गर्नुहुन्छ । जुरुक्क उठ्यो सानो माटोको भाँडो, केही पानीका बोतल, टमाटर र धनियाँ मिसाएका तिखो अचार र शुद्ध चामलको पिठो बोकेर चोकमा निश्कनुहुन्छ ।
साथमा एक बिट्टो दाउरा चुल्ह्रो समेत हुन्छ । यही चुल्ह्रोमा आगो बाल्यो चामलको पिठोको भक्का पकाउन थाल्यो खाने मानिसको भीड लागि हाल्छ उहाँ बताउनुहुन्छ । बिगत १२ बर्षदेखि राजवंशीको यो दैनिकी यसरी नै चलेको छ ।
पहिला माटोको भाडोमा पानी हालिन्छ । त्यसपछि यो भाँडोलाई आगोले पानी उम्लिएपछि वाफ निश्कन्छ । यही बाफ निश्कने मुखमा चामलको पिठो सानो बटुकोमा हालेर एक निम्ठो बनाएर नापिन्छ । यही बटुको भरीएको पिठोलाई दुइदेखि तीन मिनेटसम्म वाफमा पकाएपछि स्वादिस्ट भक्का तयार हुन्छ राजवंशी बताउनुहुन्छ ।
यो सुद्ध पिठोलाई वाफमा पकाएको हुनाले स्वास्थ्यका लागि फाइदा जनक समेत हुने सर्वसाधारणको बुझाई छ । राजवंशीले दिनमा पाँच किलो पिठोको भक्का बिक्री गर्ने गरेको बताउनुभयो । यति पिठोको भक्का पकाउँदा लगभग सात सय देखि एक हजार रुपैयाँ आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँजस्तै नजिकै भक्का पकाइरहुन भएकी अग्नी राजवंशी समेत बिगत २० वर्षदेखि यही पेशा गर्दै आउनुभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरर्गत दमक ६ स्थित गणतन्त्र चौकको पश्चिम पट्टी राजमार्गको छेउमा धमाधम भक्का पकाइरहनु भएकी अग्नीले भन्नुभयो, मैले यही पेशाबाट घर चलाएकी छु । बिहान उज्यालो भूईमा नखस्दै चौकमा आएर भक्का पकाउन थाल्छु बिहानको ८ देखि ९ बजेसम्ममा सबै सकिन्छ ।
पूर्वी तराईका जिल्लामा प्रचलित भक्का बिहानको राम्रो नास्ताको रुपमा खाने गरिन्छ । दमक ७ मा बस्दै आउनुभएका ४२ बर्षिय काजी राई बिहान सबैभन्दा पहिला भक्का खान चोक आउने गरेको बताउनुहुन्छ ।
म प्राय दैनिक नै बिहानको नास्ता चौकमा भक्का खाने गर्छु । भक्का खाँदा पेटलाई सन्चो पनि हुन्छ । मलाई धेरै मिठ्ठो लाग्छ । अन्य नास्ता जस्तो महंगो पनि छैन । दश रुपैयाँमा एउटा भक्का खान पाइन्छ त्यो पनि टमाटरको अचारसँग राईको अनुभव सुनाउनुभयो ।
पहिला पहिला खासगरि जाडो महिनामा मात्र भक्काको व्यापार चल्ने गर्दथ्यो तर हिजो आज भने १२ महिना भक्काको व्यापार फस्टाएको उनीहरुका अनुभवछ । सस्तो मुल्यमा प्रत्येक चोक चोकमा पाइने भक्का स्थानीयमात्र होइन बाहिरबाट आएका मानिसको लागि समेत पहिलो रोजाई पर्ने गरेको छ ।
अधिकांश राजवंशी, ताजपुरिया र धिमाल समुदायका महिलाले भक्का पकाउने गरेका छन् । भक्का यो समुदायको परम्परागत खाजाको रुपमा लिइन्छ । तर पछि गएर सबै समुदायले भक्का खानथालेपछि व्यवसायकै रुपमा चल्न थालेको अग्नी राजवंशीले बताउनुभयो ।
भक्काको व्यापक प्रचार गर्न सकेमा तराईको भक्कालाई विश्वमा चिनाउन सकिने थियो । यसले नेपालको मौलिक खानालाई चिनाउन विश्व बजारमा नेपाली भक्का पु¥याउन पहल गरिनु पर्ने ताजपुरिया सामाजका केन्द्रिय अध्यक्ष नित्यानन्द ताजपुरिया बताउनुहुन्छ । नेपालले सन् २०२० लाई पर्यटन बर्ष मनाइरहदा भक्काको स्वाद सबै पर्यटकलाई खुवान सकिने बिषयमा योजना बनाउन आवश्यक छ ।