logo
२०८१ बैशाख २२ शनिवार



बालिकाको उपचारको लागि सहयोगको याचना

प्रदेश |


बालिकाको उपचारको लागि सहयोगको याचना


तनहुँ, समाचारदाता
तनहुँ, भदौ २७ गते । शरीरमा तातो पानी परेर छाला खुईलिएकी एक बालिकाको उपचारको लागि परिवारजनले सहयोगको याचना गर्नुभएको छ ।

चितवन घर भई हाल तनहुँको व्यास नगरपालिका–११ मजदुर काम गर्ने गणेशमान चेपाङ र धनमाया चेपाङ्गकी चार वर्षीया छोरी निर्मलाको उपचारको लागि सहयोग मागिएको हो ।

चेपाङ परिवारसँग छोरीको उपचार गर्ने रकम नहुँदा चिन्तित अवस्थामा पुगेका छन् । चेपाङ दम्पत्तीले छोरीलाई बचाइदिन सबैसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार घरमा खेल्ने क्रममा शरीरमा तातो पानी खनिएर छाला खुइलिएकाले निर्मलाको उपचारको लागि दमौली अस्पतालमा लगिएको छ ।

त्यहाँ उपचार हुन नसक्ने चिकित्सकहरुले बताए पनि आर्थिक अभावका कारण अन्यत्र उपचारको लागि लैजान नसकिएको बालिकाको आमा धनमाया बताउनुहुन्छ ।

बालिका निर्मलाको थप उपचारमा सहयोग गर्न उनकी आमा धनमाया चेपाङ्को मोबाइल नम्बर ९८२६१३११२४ मा फोन गरी अथवा दमौली अस्पतालमै बिरामी बालिकालाई भेटेर आर्थिक सहयोग गर्न सकिने बताइएको छ ।

गरीब परिवार भएकाले औषधी, बिरामी र कुरुवालाई खानाको व्यवस्था निःशुल्क मिलाएको दमौली अस्पतालकी अहेव गीता रखाली मगरले जानकारी दिनुभयो ।

अहेव मगरका अनुसार बालिकाको थप उपचार गर्नुपर्ने हुँदा उक्त सेवा अस्पतालमा नरहेकाले छाला रोग विशेषज्ञ र वाल रोग विशेषज्ञ लगायतको निगरानीमा उपचार गर्नुपर्ने जरुरी रहेको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?