logo
२०८० चैत्र १६ शुक्रवार



अछाममा जीप दुर्घटनामा आठजना घाइते

प्रदेश |


अछाममा जीप दुर्घटनामा आठजना घाइते



शिवराज ढुंगाना
मंगलसेन, असोज २ गते । यात्रुसहित सदरमुकाम मंगलसेनबाट रामारोशन गाउँपालिकाको मलातीकोट जाँदै गरेको जीप मंगलसेन नगरपालिका–५ देउपुन्नास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइते हुनेमा रामारोशन गाउपालिका–१ ताली निवासी २५ वर्षीय पदम साउँद, रामारोशन–२ चाफामाण्डौका २४ वर्षीया उर्मिला देवकोटा, २४ वर्षीय कुशल देवकोटा, दुई वर्षीय रियाल्स देवकोटा रहेका छन् । सोही जीपमा सवार रहेका मंगलसेन नगरपालिका–७ जनाली निवासी २२ वर्षीया मेघा विक, सोही वडाका १८ वर्षीया रत्ना बिक २२ वर्षीया इसरा विक र १३ वर्षीया लक्ष्मी विक घाइते भएका अछाम प्रहरीका प्रहरी निरीक्षक (इनिष्पेक्टर) कलेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो ।

सडकमै जीप पल्टिदा घाइतेको भएका व्यक्तिहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने सबैको अवस्था सामान्य रहेको बताइएको छ । मंगलसेनबाट १२ जना यात्रु बोकेर रामारोशन गाउपालिका–१ मलातिकोट जान लागेको से १ ज १०९३ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटनाका कारण भने खुल्न सकेको छैन । जीप चालक रामारोशन गाउँपालिका–३ का धनबहादुर बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?