ओखलढुंगा समाचारदाता
ओखलढरंगा, असोज १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओेखलढुंगाका जिल्ला नेताले आफ्नै पार्टीका जनप्रतिनिधि माथि कुटपिट गरेका छन् । जिल्ला कमिटीका सचिवालय सदस्य समेत रहनु भएका नेकपाका नेता अशोककुमार थापाले चिसंखुगढी गाउँपालिका २ का वडा अध्यक्ष नरेन्द्र वस्नेतमाथि कुटपीट गर्नु भएको हो ।
पार्टीको आन्तरिक विवादको विषयलाई लिएर विवाद हुँदा थापाले वस्नेतमाथि गिलास प्रहार गरि घाइते बनाउनु भएको हो । शानिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा तथा खाना खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेर घाइते बनाएको वाडा अध्यक्ष वस्नेतले बताउनुभयो । पार्टीको कार्यक्रम तथा विकासका योजनाका विषयमा छलफल गर्दा गाली गलौज गरेर आपूुलाई आक्रमण गरेर घाइते बनाएको उहाँको भनाई छ । वस्नेतको निधार र टाउकोमा गहिरो चोट लागेको छ । उहाँलाई खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ ।
बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर यस अघिदेखि नै थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुने गरेको थियो । पार्टीको गाउँ कमिटीका अध्यक्षमाथि कुटपीट गरेको विषयमा थापाले आफू र प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङलाई जोडेर गाली गलौज गरेर आक्रमण गर्न खोज्दा प्रतिवाद गरेको बताउनुभयो ।
थापा प्रदेश सांसद गुरुङका विश्वास पात्र हुनुहुनछ । उहाँसँग नेकपाका स्थानीय कमिटी तथा जनप्रतिनिधीसँग विगतदेखि नै विवाद हुँदै आएको थियो ।
नेकपाका जिल्ला नेताद्वारा आफ्नै पार्टीका जनप्रतिनिधि माथि हातपात