logo
२०८१ बैशाख १२ बुधवार



कुटपिटबाट प्रशासकीय अधिकृत घाइते

प्रदेश |


कुटपिटबाट प्रशासकीय अधिकृत घाइते


नृपेन्द्र बहादुर मल्ल
मुगु असोज १३ गते । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सोरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदरमुकाम गमगढीबाट आफनो कार्यक्षेत्र जाँदै गर्दा विप्लव समुहका कार्यकर्ताले कुटपिट गर्दा घाईते भएका छन ।
सुर्खेत जिल्ला चिनगाड—१ स्थायी घर भई सोरु गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत वर्ष ३५ का परशुराम उपाध्याय सोमबार कुटपितबाट घाइते हुनुभएको हो ।

विहान सदरमुकाम गमगढीबाट गाँउपालिकाको कार्यालयतर्फ जाँदै लाग्दा विप्लव समुहका नौजना कार्यकर्ताले कुटपिट गर्दा घाईते भएका हुन् ।

प्रमुख प्रशासकिय अधिकृतसहित गाउँपालिकाका अन्य छजना कर्मचारी सोमबार विहान ८ बजे सदरमुकाम गमगढीबाट आफनो कार्यक्षेत्र जानुभएको थियो ।

मास्क लगाएर लुकेर बसेका कार्यकर्ताले अधिकृत उपाध्यायको टाउको र शरीरको अन्य भागमा लाट्ठीले हान्दा उपाध्याय घट्नास्थलमै घाईते भई बेहोस भएर ढल्नुभएको थियो ।

उहाँलाई बचाउने प्रयास गर्दा आफूलाई पनि मास्क लगाएका दुईजना कार्यकर्ताले कुटपिटबाट घाईते बनाएको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले जानकारी दिनुभयो ।

सोमबार विहान ११ बजे घट्ना भएपछि स्थानियबासी र उपाध्यायसँगै गएका गाउँपालिकाका कर्मचारीहरुले घाईते उपाध्यायलाई बेहोस अवस्थामै सोमबार दिउँसो २ बजे जिल्ला अस्पतालमा पु¥राएका थिए ।

दुई ठाउँमा डेड ईन्च गहिरो काटिएको उपाध्यायको टाउकोमा ११ वटा टाँका लगाइएको छ ।

घाईते उपाध्यायको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट बेलुका ४ बजे नेपालगंज लगिएको र उहाँको नेपालगंजस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको बताईएको छ ।

घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्न सोरुकोट, कालै ,श्रीकोट प्रहरी चौकीका प्रहरीलाई तीन युनिट बनाई परिचालन गरिसकेको र थप सुरक्षाकर्मी प्रहरी कार्यालयबाट पठाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद शाहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?