logo
२०८१ मंसिर ८ शनिवार



राष्ट्रिय झण्डा हटाएर पार्टीको झण्डा राख्ने पल्लो किरातका नौ जना पक्राउ

प्रदेश |


राष्ट्रिय झण्डा हटाएर पार्टीको झण्डा राख्ने पल्लो किरातका नौ जना पक्राउ


पशुपतिनगर, कात्तिक ७ गते । जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किरात राष्ट्रिय लिम्बुवान मोर्चाका केन्द्रिय सचिव सहित नौ जनालाई नियन्त्रणमा लिएको छ ।

आफनो पार्टीको स्थापना दिवस भन्दै जिल्लाका विभिन्न स्थानमा राखीएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज (बिहिबार) नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले शान्ति सुरक्षामा आँच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालय लगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए । लिम्बुवान राज्यको माग गर्दै मोर्चाले पूर्वमा बिभिन्न गतिविधी गर्दै आएको छ ।

पक्राउ पर्नेमा मोर्चाका केन्द्रिय सचिव धनबहादुर विश्वकर्मा( धमला) मोर्चाको महिला संघकी केन्द्रिय अध्यक्ष कविरमाया साँवा, इलाम जिल्ला अध्यक्ष बिजय आङदम्बे, इलाम जिल्ला सचिव मनकुमार माखिम, जिल्ला कोषाध्यक्ष मैतराज लिम्बु, सहित जिल्ला सदस्यहरु कमल लकान्द्री , बृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्कप्रसाद नेम्वाङ रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?