logo
२०८१ मंसिर ८ शनिवार



संगठित भएमा अधिकार प्राप्त हुने – प्रदेश सभासदस्य यादव

प्रदेश |


संगठित भएमा अधिकार प्राप्त हुने – प्रदेश सभासदस्य यादव


धीरेन्द्रप्रसाद साह
राजविराज, कात्तिक १४ गते । प्रदेश २ का सभा सदस्य विदेश्वर यादव ‘बिक्की’ले जातीय रुपमा संगठित भएमा अधिकार प्राप्त गर्न सहज हुने बताउनु भएको छ ।

नेपाल बैश्य युवा संघ सप्तरीले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । गणतन्त्रमा सबै जातजाती, वर्ग, धर्म, समुदायको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिदै उहाँले यसको लागि जातीय संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष सिंहेश्वरप्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा उहाँले शासकवर्गले मधेशमा जातीय द्वन्द्वको षड्यन्त्रको जालो बुनिरहेको उल्लेख गर्दै सभासदस्य यादवले यसले विभिन्न जातजाती अधिकारबाट बञ्चित हुने बताउनुभयो ।

सोही कार्यक्रममा अर्का सभा सदस्य नेत्रबिक्रम साहले जातीय संगठनहरु राजनीतिक नेतृत्वको आधार रहेको चर्चा गर्दै संगठनप्रति इमान्दार, बफादार भएर नेतृत्ववर्ग अगाडी बढेमा लक्ष्य प्राप्ति हुने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा द्वेय सभा सदस्यसहित महिला नेतृ सुनिता कुमारी साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, भोरुकवा एफएमका प्रबन्धक शैलेशकुमार कर्ण लगायतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार उम्मदेश्वरप्रसाद साह, शिक्षक धर्मदेव साह, पत्रकार विनयकुमार लाल कर्ण, महिला नेतृ सुनिताकुमारी साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?