logo
२०८१ मंसिर ८ शनिवार



बरको बोटमुनी मेला

प्रदेश |


बरको बोटमुनी मेला


बिर्तामोड, कार्तिक १८ गते । झापाको ऐतिहासिक स्थान शान्तिनगरमा ठुटेबर मेला लाग्ने भएको छ ।

आगामी कार्तिक २१ गतेदेखि एक सातासम्म लाग्ने सो ठुटेबर मेलामा आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने विश्वास आयोजकले लिएको छ ।

बुद्धशान्ति गाउँपालिका ६ शान्तिनगरमा परम्परादेखि त्यहा रहेको ६ सय बर्ष पूरानो बरको रुखको फेदिमा यस मेला हरेक बर्ष कार्तिक र बैशाख पूर्णिमाका दिन लाग्दै आएको थियो । तर २०६४ सालमा यस क्षेत्रको पूरानो ठुटेबर आफै ढलेपछि सोही स्थानमा स्थानीयले अर्को बरको रुख रोपी मेलालाई निरन्तरता दिदै आइरहेको ठुटेबर मेला संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालले बताउनुभयो ।

मेलामा स्थानीय उत्पादन, धर्म सस्कृतिको प्रचार प्रवद्धन तथा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक पुष्कर पौड्यालले जानकारी दिनुभयो । यस बर्ष नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर विभिन्न जानकारीमुलक कार्यक्रम तथा खेल तमासाहरु समेत समावेश गरिएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?