logo
२०८१ बैशाख १२ बुधवार



मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाईते

प्रदेश |


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाईते


सर्लाही समाचारदाता ।
सर्लाही, कात्तिक २१ गते । सर्लाहीको राजघाटमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।

हरकठवाबाट कर्मैयातर्फ आउँदै गरेको ना ६४ प ८५०३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक धनकौल गाउँपालिका–२, का १७ वर्षीय परमानन्द महतोको मृत्यु भएको हो ।

बागमती नगरपालिका–५, राजघाट सोह्रघरे टोलमा भएको दुर्घटनामा गम्भीर घाईते भएका महतोको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनकौल गाउँपालिका–२, कै २८ वर्षीय अरबिन्दकुमार महतो घाईते भएका छन् । सामान्य घाईते महतोको नमूना अस्पताल हरिवनमै उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीले तीव्र गतिका कारण मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताएका छन् ।

बुधवार मात्रै पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुलमा टिपरको ठक्करबाट मोटरसाइकलमा तरकारी बेच्न लालबन्दी बजार आउँदै गरेका एक युवकको घटनास्थलमै मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?